
काठमाडौं / काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएको छ। शनिबार बिहान बुद्ध एयरको यु-४१३३ जहाजमा समस्या देखिएपछि विमान काठमाडौं नै फर्काएर अवतरण गराइएको छ।
विमान काठमाडौंबाट १५ नटिकल माइलसम्म उडेको थियो। जहाजमा ६२ जना यात्रु थिए।
उनीहरूलाई अर्को जहाजमा शिफ्ट गरी प्राविधिक टोलीले जाँच गरेपछि मात्रै उक्त जहाजले पुन: उडान भर्ने उड्ड्यन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए।







