मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा १० दल एकै ठाउँमा

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा १० दल एकै ठाउँमा


  • ढोरपाटन संवाददाता
  • चैत्र ४ २०७९, शनिबार

काठमाडौं / सत्ता साझेदार १० दलबीच आइतबार संघीय संसद्‌मा प्रस्तुत हुने संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा एकमतका साथ प्रस्तुत हुने सहमति बनेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार अपराह्न बसेको १० दलका शीर्ष नेताहरुको बैठकले संसद्मा प्रस्तुत गर्न लागिएको सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता व्यक्ति छानबिन आयोगसम्बन्धी विधेयकमा एकमतका साथ प्रस्तुत हुने सहमति गरेको हो ।

यस्तै प्रतिनिधिसभामा सोमबार सरकारले विश्वासको मत लिने कार्यक्रम छ । त्यसका लागि पनि १० दल एकै ठाउँमा उभिने सहमति गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ । एमाले, राप्रपालगायत पार्टीले समर्थन फिर्ता लिएपछि दाहालले पुन: विश्वासको मत लिन लागेका हुन् । पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिएका थिए ।

शनिबारको बैठकमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड, कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का शरदसिंह भण्डारी, सर्वेन्द्रनाथ शुक्ल, नेपाल समाजवादीका अध्यक्ष बाबुराम भट्टराई, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष सीके राउत र आमजनता पार्टीका अध्यक्ष प्रभु साहलगायत छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->