मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

यौन शोषण गरेको आरोपमा बालक पक्राउ

यौन शोषण गरेको आरोपमा बालक पक्राउ

मलाई मार्ने धम्की समेत आयो : पिडित बालिका


  • ढोरपाटन संवाददाता
  • चैत्र ६ २०७९, सोमबार

पोखरा/सामाजिक संजालमार्फत आफुलाई यौन शोषण गरेको भन्ने भिडियो सार्वजानिक भएपछि प्रहरीले बालकलाई पक्राउ गरेको छ । १४ वर्षिया बालिकाले भिडियो अपलोड गरेपछि प्रहरीले पिडितसंग सम्पर्क गरेको थियो । सम्पर्क पश्चात प्रहरीमा जाहेरी परेपछि प्रहरीले ति बालकलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् नायव उपरीक्षक श्रवणकुमार विकले बालकलाई पक्राउ गरी बाल सुधार गृहमा राखेको बताए । बालिकाले टिकटकमा आफुलाई मामाका छोराले अर्थात भाइबाट पटक पटक यौन दुव्र्यवहार गरेको बताइन् । सबै कुरा खुलासा गर्दा आफ्नै मामाबाट ज्यान मार्ने धम्की आएको समेत उनले बताएकी छिन् । पारिवारिक समस्याका कारण डिप्रेसनमा परेको र मामाघर गएको बताएकी छिन् । तर मामाको घरमा शोषणको शिकार हुनुपरेको उनी सुनाउँछिन् । ‘मेरो पारिवारिक समस्याले म तनावमा थिए । मामा घर गए मामाको छोराले म माथि यौन शोषण गर्यो । आज म तपाईहरु संग मेरो समस्याहरु साझा गर्दैछु । ताकि तपाईँले मेरो पिडा बुझ्नु हुनेछ ।

पहिले मलाई पारिवारिक समस्याहरु धेरै थिए । त्यसैले मलाई डिप्रेसन र चिन्ता थियो । मेरो डाक्टरले मलाई शान्त र शान्त ठाउँमा बस्नु सुझाव दिनुभयो । त्यसैले मेरी आमाको भाई र उहाँकी श्रीमतीले मलाई उहाँहरुको घरमा बस्न भन्नुभयो र मैले मेरी आमासंग छलफल गरे र अन्तमा मेरी आमा सहमत हुनुभयो । किनभने हाम्रो पारिवारिक सम्बन्ध राम्रो थियो तर अचानक मेरो आमाको भाईको छोराले मलाई तिम्रो संवेदनशील अंग धेरै ठूलो छ त्यसैले म तिमिलाई….. भनेर बोलाउँछु भन्यो । र त्यो पल मलाई धेरै नराम्रो लाग्यो र दिन प्रतिदिन म पहिले जस्तै विरामी हुँदै गए । र म हरेक दिन आमालाई फोन गर्थे उहाँलाई आउन भन्थे तर हाउँ व्यस्त हुनुहुन्थ्यो त्यसैले उहाँले आउने मौका पाउनुभएन ।’ उनले भनेकी छिन्,‘मैले उसलाई मेरो भाइ हो भनि सोचेर माफ गरे त्यसैले मैले उसलाई मौका दिनुपर्छ भन्ने सोचे र उसलाई भनेको थिए मलाई त्यो नामले नबोलउन अनुरोध पनि गरे तर भोलिपल्ट पनि घरमा कोही नभएको बेला उ आएर छेउमा बस्यो र मलाई फेरी त्यही नामले बोलायो उनी उस्ले मेरो संवेदनशील ठाउँमा छुन थाल्यो ।

त्यसपछि म त्यहाँबाट भागे भोलिपल्ट पनि उसले मेरो शरिर छुन थाल्यो र मैले त्यो सम्हाल्न सकिन र केही सोच्नै सकिन अनि आफ्नो नाडी काट्न थाले तर डरले गर्दा मैले सििकन र आमाबुबालाई पपनि बताउन सकिन मेरो मामा र भाइजुले भन्नुहुन्थ्यो कि आफ्नो छोरा जस्तो निदोर्ष र राम्रो कोही छैन बेलाबेला त्यसैले मलाई थाहा थियो की उहाँहरुले मेरो विश्वास गर्नुहुन्न भनेर । मेरो स्वास्थ्य विग्रियो त्यसैले म अब मेरो आमाको घरमा बस्न नसक्ने भन्दै अस्पताल गए ।

र मेरी आमा मेरो स्कुलको पोशाक ल्याउन मेरो मामाको घरमा जानुभयो र मेरी आमालाई माइजु र उहाँकी छोरीले उल्टै गाली गरे । त्यतिमात्र होइन दिउसो मेरी आमाको भाइले मलाई फोन गरेर चेतावनी दिनुभयो जहाँ देख्छु म तिमिलाई मारिदिन्छु । यी सबै कुरा आघातका कारण गर्दा मेरो वर्तमान जिवन र मेरो अध्ययनमा केही राम्रो गर्न सकिरहेको छैन् । आखिर कहिले सम्म छोरीचेली यो समाज को मनलाग्दी सहनुपर्ने हो ? हरेक कुरा को दुश्परिणाम भोग्न कै निम्ति जन्मिएका हौ हामी ? छोरी मान्छेको कुनै औचित्य छैन् ? यो दुषित समाजको कति ओटा अग्नी परीक्षाको भागेदार हुनुपर्छ छोरी मान्छेले ?

प्रवक्ता विकका अनुसार त्यसरी सामाजिक संजालमा भन्दा पहिला प्रहरीलाई खबर गरे गोपनियता रहने बताए । उनका अनुसार यसरी सार्वजानिक गर्दा गोपनियता नरहने र यसले असर गर्न सक्छ । प्रहरीले सामाजिक संजालबाटै खबर पाएपछि पिडितसंग पुगि घटनाबारे छानविन गरी पक्राउ गरेको हो । पक्राउ परेका बालकलाई चार दिनको म्याद थप गरि बाल सुधार गृहमा राखिएको उनले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता विकले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->