पोखरा/ गण्डकी प्रदेश सरकारले आर्थिक सहायताका नाममा पहुँचवालालाई लाखौँ रुपैयाँ वितरण गरेको पाइएको छ । राज्यकोषबाट यसरी लाखौँ रकम लैजानेमा सत्ता निकटका शुभेच्छुक संस्थाहरु छन । उनीहरुले कार्यक्रममा सहभागी हुन जाँदाको यातायात खर्चदेखि तीजमा दर खाने कार्यक्रमको लागि भनेर रकम लगेका हुन ।
सरकारले संघसंस्थाहरुलाई रकम दिँदा आर्थिक सहायतासम्बन्धी कार्यविधि, २०७६ अनुसार उपलब्ध गराउनुपर्छ । तर, कार्यविधीमा उल्लेखित उद्धेश्य बाहेक पनि सरकारले निकटताका आधारमा चालु आर्थिक वर्षमा मात्रै ६६ लाख रुपैयाँ बाँडेको हो ।
कार्यविधिको दफा ३ अनुसार सरकारले राहत तथा पुनस्र्थापना, भाषा, संस्कृति संरक्षण, सामुदायिक भवन, वृद्धाश्रम, खेलकुद विकासलगायतका कार्यक्रम गर्नको लागि संघसंस्थालाई अनुदान सहायता प्रदान गर्ने उल्लेख गरिएको छ । यी कार्यक्रमका लागि मुख्यमन्त्रीले एकलाख रुपैयाँसम्म सहायता उपलब्ध गराउन सक्ने कार्यविधिमा उल्लेख गरिएको छ ।
तर,गत मंसिरमा निर्वाचन सकिएर नयाँ सरकार बन्ने समयावधिभित्र तत्कालीन मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले १० दिनको फरकमा ६६ लाख रुपैयाँ वितरण गरेको पाइएको हो ।
मंसिर ४ गते प्रदेशसभा निर्वाचन भएपछि गण्डकीमा पुस २५ गतेमात्रै सरकार गठन भएको थियो । मुख्यमन्त्री पोखरेलले सरकार गठन हुनुभन्दा अगाडि नै मंसिर १९ गते ३२ लाख ३० हजार रुपैयाँ वितरण गर्ने निर्णय गरेका थिए । त्यसको १० दिन पनि नहुँदै मंसिर २७ गते उनले पुनः ३३ लाख ३० हजार रकम वितरणको निर्णय गरेका थिए ।
एक लाख रुपैयाँसम्म आर्थिक सहायता उपलब्ध गराउनको लागि मन्त्रिपरिषदको निर्णय नचाहिने कार्यविधिको फाइदा उठाउँदै उनले पत्रकारदेखि पार्टी कार्यालयसम्मलाई रकम दिएका हुन ।
गत भदौ ४ गते नेपाल निजामती कर्मचारी युनियन कास्कीले शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम ग¥यो । सोही कार्यक्रममा सहयोग भन्दै तत्कालीन मुख्यमन्त्री पोखरेलसमक्ष संस्थाले आर्थिक सहयोग माग ग¥यो । कार्यक्रम सकिएको तीन महिनापछि पोखरेलले यो संस्थालाई एक लाख रुपैयाँ दिए ।
आफ्नो सेवा सुविधा डिजिटल प्रविधि अनलाइनबाट प्रवाह गर्ने नाममा सांदीपन मिडिया प्रालिले ४० हजार रुपैयाँ लगेको छ । यसका सञ्चालक कास्की कांग्रेसका नेता हुन । पोखरा २५ हेम्जाको इन्द्रेणी आमा समूहलाई पोखरेलले एक लाख रुपैयाँ दिएका छन । यो संस्थाले टेबुल, कुर्सी, सोफालगायतका जिन्सी सामान खरिदको लागि सहयोग भन्दै निवेदन दिएको थियो ।
आर्थिक सहायता कार्यविधि अनुसार कुर्सी टेबुल खरिदको लागि सहायता उपलब्ध गराउन मिल्दैन । कार्यविधिको उद्धेश्य विपरीत रहेतापनि ६९ संस्थाले विभिन्न नाममा राज्यकोषबाट रकम लगेका हुन ।
स्मारिका प्रकाशनको नाममा नेपाल महिला उत्थान संघ सामुदायिक सिकाइ केन्द्रले पनि एकलाख रुपैयाँ लगेको छ । लमजुङको मध्यनेपाल नगरपालिका ४ रम्घाको यो
संस्थाले स्मारिका प्रकाशनकै लागि भनेर सहयोग मागेको थियो ।
लंैगिक हिंसाविरुद्धको १६ दिने अभियानको लागि भनेर सरकारले नै बजेट विनियोजन गरेको छ । आफ्नै नेतृत्वमा बजेट ल्याएतापनि पोखरेलले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानका लागि भनेर पोखराकै रेडियो बाराहीलाई १ लाख रुपैयाँ दिएका छन ।
‘लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान यस वर्ष निरन्तर समानताको पुस्ता, बलात्कार विरुघ ऐक्येबद्धता नारासाथ १६ दिने अभियानका लागि आर्थिक सहयोग माग सम्बन्धमा’ भनेर रेडियोले निवेदन दिएको थियो ।
कम्प्लिट गार्डेन ट्रेडर्सलाई महिलाहरुलाई सीप प्रदान गरी स्वरोजगार बनाउने कार्यका लागि भनेर एक लाख रुपैयाँ लगेको छ । यो टे«ेडर्सको नामको रकम पोषराज पौडेलले लगेका छन ।
महिलाहरुलाई आर्थिक सामाजिक रुपमा सशक्त बनाउनको लागि तालिम सञ्चालन गर्ने नाममा नवलपुरको कावासोती नगरपालिका २ ले मिलिजुली महिला बहुउद्धेश्यिय सहकारीले पनि एकलाख रुपैयाँ लगेको छ । नवलपुरकै नेपाल आमा समूहले पनि लैगिक समानता तथा महिला सशक्तिकरण सचेतनासम्बन्धी एक दिन कार्यक्रम गर्न भनेर १ लाख रुपैयाँ लगेको छ ।
कांग्रेसको प्रदेश पार्टी कार्यालयमा रहेको बीपी स्मृति पुस्तकालयलाई पनि तत्कालीन मुख्यमन्त्री पोखरेलले १ लाख रुपैयाँ उपलब्ध गराएका छन । पुस्तकालयको भौतिक सुधार र पुस्तक खरिद भन्दै उक्त रकम पार्टी कार्यालयका मुख्य सचिव पदम श्रेष्ठले लेका हुन ।
योगराज पौडेल अध्यक्ष रहेको सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखराले पनि अफिस सञ्चालन, मासिक कार्यक्रम र पत्रिका प्रकाशनको नाममा एक लाख रुपैयाँ लगेको हो ।
नवलपुरका २ स्थानमा महिलाहरुको क्षमता अभिवृद्धिको लागि तालिम भन्दै स्टार कम्युनिकेसन एण्ड मल्टी मिडियाका प्रबन्ध निर्देशक अर्जुन सापकोटाले एक लाख रुपैयाँ पाएका छन ।
स्थानीय सरकारका जनप्रतिनिधिलाई तालिम दिने नाममा पनि प्रदेश सरकारले एक लाख रुपैयाँ सहयोग गरेको छ । पूर्वमुख्यमन्त्री पोखरेलले माछापुच्छ«े गाउँपालिकाका निर्वाचित महिला जनप्रतिनिधी र अगुवा महिलाहरुलाई लैंगिक समता र सामाजिक समावेशीकरण कार्यक्रमको लागि ५० हजार रुपैयाँ दिएका हुन । यो कार्यक्रम भने टिम अर्गनाइजिङ लोकल इन्स्टिच्युसनले सञ्चालन गर्ने भनेर सहयोग मागेको थियो ।
पत्रकार महासंघ गण्डकीले प्रदेश समितिको साधारणसभाको लागि भनेर एक लाख रुपैयाँ लगेको छ । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ फोनिजले पनि स्थापना दिवसको नाममा एक लाख रुपैयाँ लगेको छ । नवलपुरको सामुदायिक रेडियो मध्यविन्दुले पनि एकलाख रुपैयाँ लगेको छ । मध्यविन्दुले सुशासन प्रवद्र्धनका लागि विभिन्न सरकारी एवम गैर सूचनाको हक सम्बन्धि अभिमुखीकरण कार्यक्रम गर्ने भनेर रकम लगेको हो ।
नेपाल बार एसोसिएसन तथा गण्डकी प्रदेश समन्वय समितिलाई पनि पोखरेलले कार्यालयको फर्निचर किन्न भनेर एकलाख रुपैयाँ दिने निर्णय गरेका हुन ।
सायरा मिडिया एण्ड इभेन्ट्स प्रालिलाई नेतृत्व विकास, क्षमता विकास, उद्घोषक तथा प्रभावकारी सञ्चारसम्बन्ध ितालिम चलाउन भनेर एक लाख रुपैयाँ दिइएको खुलेको छ । नेपाल प्रेस युनियनको गत साउन ६ र ७ गते हेटौँडामा सम्पन्न महाधिवेशनमा सहभागी हुनका लागि आवतजावत खर्च भनेर प्रेस युनियन कास्कीले एकलाख रुपैयाँ लगेको छ ।
नेपाल पत्रकार महासंघ नवलपुरले तीज कार्यक्रमको नाममा एकलाख रुपैयाँ लगेको छ । प्रजातन्त्रवादी प्राध्यापक संघ, पृथ्वीनारायण क्यामप्स समितिलाई विचार गोष्ठी गर्न भनेर पोखरेलले एकलाख रुपैयाँ दिने निर्णय गरेका थिए ।
सूचीसहित





