मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

सेनाको साइज स्वघोषित विज्ञले तोक्ने हैन : प्रधान सेनापति शर्मा

सेनाको साइज स्वघोषित विज्ञले तोक्ने हैन : प्रधान सेनापति शर्मा


  • ढोरपाटन संवाददाता
  • चैत्र १० २०७९, शुक्रबार

पोखरा/ नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेनाले निर्वाह गरिरहेको जिम्मेवारीबारे दुष्प्रचार भएको जिकिर गरेका छन् । उनले दुष्प्रचार गर्नेहरु कुनै वर्ग र त्यसका अंशियारहरु भएको आरोप लगाउँदै नेपाली सेनाको आकार स्वघोषित विज्ञले तोक्ने तोक्न नमिल्ने पनि बताएका छन् ।

प्रधान सेनापति शर्मा पश्चिम पृतना हेडक्वाटर पोखरा फूलबारीमा बिहीबार आयोजित प्रदेशस्तरीय भूतपूर्व सैनिक सम्मेलनलाई सम्बोधन गर्दै थिए ।

‘समय समयमा कसको इशारामा हो, बाहिरी व्यक्तिहरुबाट नेपाली सेनाको संख्या यति हुनुपर्छ, उति हुनुपर्छ र यस्तो साइजको हुनुपर्छ, राइट साइजिङ हुनुपर्छ र अन्य किसिमको भन्ने नचाहिंदो नचाहिंदो किसिमका कुराहरु पनि हुने गर्छ,’ प्रधान सेनापति शर्माले भने, ‘यो हेर्दा हास्यास्पद हो भन्न चाहन्छु । कुनै आइएनजिओ, एनजिओमा बसेर आफैं स्वघोषित प्राज्ञ, स्वघोषित विज्ञ, सुरक्षा विज्ञ भन्नेहरुले गर्ने होइन । यो नेपाल सरकारको काम हो भनेर उहाँहरुलाई पनि म भन्न चाहन्छु ।’

उनले विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालबाट भइरहेको अनर्गल प्रचारबाट टाढा रहन आग्रह गर्दै नेपाली सेनाबारे बुझ्न परे आधिकारिक वेवसाइट, नेपाल सरकारका निर्देशनहरुको अध्ययन गर्न सुझाएका छन् । उनले नेपाली सेनाले देशको अर्थतन्त्रमा ठूलो योगदानसहित कल्याणकारी काम गरेको जिकिर पनि गरे ।

उनका अनुसार अहिले नेपाली सेनाको कल्याणकारी कोषमा ७३ अर्ब रुपैयाँ रहेको र त्यसको ब्याजबाट प्राप्त १३ करोड ३७ लाख रुपैयाँ कल्याणकारी काममा खर्च हुने गरेको बताए । नेपाली सेनाले शान्ति सेनामा गएर नेपालभित्र वर्षको २२ करोड अमेरिकी डलर तथा वायु सेवा निगम प्रयोग गरी वार्षिक २ देखि ३ करोड अमेरिकी डलर विदेशी मुद्रा भित्र्याएर नेपालको अर्थतन्त्रलाई सहयोग गरेको दाबी गरे ।उनले सेनाले मेडिकल कलेज तथा यसवर्षबाट इञ्जिनियरिङ कलेज संचालन गर्न लागेको जानकारी पनि दिए ।

फूलबारी ब्यारेकमा आयोजित सम्मेलन तथा स्वास्थ्य शिविरमा मनाङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङमा स्थायी बसोबास गर्ने ३ हजार ८९४ भूपू सैनिक सहभागी भएको सेनाले जनाएको ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->