पोखरा/ अपाङ्गताको सवाल र अधिकारबारे प्रदेश सरकार उदासिन रहेको एक कार्यक्रममा वक्ताहरुले गुनासो गरेका छन् ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल गण्डकी प्रदेशले आयोजना गरेको समावेशी स्वास्थ्य पुनस्र्थापना सेवामा सरोकारवाला निकायहरुको भुमिका विषयक अन्तरक्रियामा बोल्ने वक्ताहरुले सो गुनासो गरेका हुन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयका सचिव मनमाया भट्टराईले अपाङ्गतामा गरिने लगानीलाई पैसासँग तुलना गरेर हेर्ने गरिएको बताइन् । अपाङ्गलाई कसरी सेवा पु¥याउने भन्ने विषयप्रति खासै ध्यान नगएको उनको भनाइ थियो ।
कार्यक्रमका प्रमुख अतिथी गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री पञ्चराम गुरुङ भौतिक पुर्वाधारमा ३८ प्रतिशत बजेट छुट्याएको प्रदेश सरकारले अपाङ्गता लगायतका सामाजिक कार्यहरुमा १२ प्रतिशत मात्र बजेट छुट्याउने गरेको बताए ।
इन्सेक कास्कीका प्रमुख शिव खकुरेलले प्रत्येक स्वास्थ्य संस्थामा सांकेतिक भाषा दोभाषेसहितको छुट्टै अपाङ्गता डेक्सको स्थापना गरिनुपर्ने बताए । राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष देवीदत्त शर्माले अपाङ्गता भएका व्यक्तिहरूको अधिकारको लागि नीतिगत र कानूनी रुपमा धेरै प्राधानहरु रहेको भएता पनि कार्यक्रम र बजेटलाई हेर्ने हो भने सन्तुष्ट हुन नसकिने बताए । संघका सचिव कृष्णप्रसाद अधिकारीले सञ्चालन गरेको उक्त कार्यक्रममा अध्यक्ष खोमराज शर्माले विषयवस्तुको उठान गरेका थिए ।





