मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

कोर्चाङमा आन्तरिक पर्यटक बढे

कोर्चाङमा आन्तरिक पर्यटक बढे

चरीपाखादेखि खुमैकोट पदमार्ग स्तरोन्नति गर्छौं : अध्यक्ष


  • ढोरपाटन संवाददाता
  • चैत्र १३ २०७९, सोमबार

पोखरा/ गे्रट माछापुच्छे« टे«क खुलेसँगै माछापुच्छे« गाउँपालिकाको कोर्चाङमा आन्तरिक पर्यटक आवागमन ह्वात्तै बढेको छ । माछापुच्छे« हिमालको काखमा रहेको कोर्चाङले मन लोभ्याएपछि माछापुच्छे« गाउँपालिका १ स्थित खुमैडाँडा भरिभराउ भएको हो । त्यहाँ अहिले दैनिक डेढ सयको हाराहारीमा पर्यटक पुग्ने गरेका छन् ।

३ हजार ६८३ मिटरको उचाइमा रहेको कोर्चाङमा चिया बेच्दै आएका हेमन्त गुरुङले पछिल्लो समय आन्तरिक पर्यटकको चहलपहल निकै बढेको सुनाए । उनका अनुसार अहिले खुमैमा व्यवसाय निकै फस्टाएको छ । ‘कोर्चा आउने जति सबै खुमैमा बस्छन् । खुमैबाट यहाँ आउन दुई घण्टा हिँड्नुपर्छ । यहाँ एउटामात्रै क्याम्प छ,’ उनले भने, ‘ पर्यटक बढ्न थालेपछि अब व्यवस्थित क्याम्पिङ बनाउँदै छौं । यो गाउँकै संयुक्त लगानी हो ।’

आन्तिरिक पर्यटक आगमन बढेपछि गाउँपालिकाले समेत उक्त स्थानलाई प्रर्वद्धनसँगै तथा भौतिक पूर्वाधार निर्माणमा चासो दिएको छ । माछापुच्छे« गाउँपालिका अध्यक्ष मिनबहादुर गुरुङका अनुसार पर्यटन प्रवद्र्धनकै लागि पालिकाले त्यहाँ कार्यपालिका बैठक नै आयोजना गरेको छ । छोटो पदयात्राको प्रचार र ग्रेट माछापुच्छ«े पदयात्रा मार्ग संचालनलाई पालिकाले नै प्रवद्र्धन गर्ने उनले बताए । ‘हाम्रो मुख्य निर्णय भनेकै पर्यटकीय क्षेत्र प्रवद्र्धनमा रह्यो । पर्यटक प्रबद्र्धनका लागि के कस्ता कामहरु गर्न सकिन्छ भन्ने विषयमा छलफल पनि भयो,’ उनले भने,‘ विशेषगरी अहिले चर्चामा आएको चरिपाखादेखि खुमैकोट पुग्ने पदमार्ग स्तरोन्नति एजेन्डा बन्यो ।’

बैठकले जलवायू परिवर्तनको बारेमा समेत छलफल गरेको थियो । ‘ जलवायू परिवर्तन, विद्यालय मर्ज तथा पर्यटनकै बारेमा छलफल सहित निर्णय भएको छ,’ उनले भने । खुमैडाँडामा भेटिएका पोखराका गणेश थापाले कोर्चाङको मनमोहक दृष्यको खुलेर वयान गरे । ‘यो निकै उत्कृष्ट यात्रा भयो । छोटो समयमा आउन सकिने भएकाले रिफ्रेस्मेन्टका लागि अति उपयुक्त छ,’उनले सुनाए । व्यवसायी नारायण गुरुङले पोखराबाट नजिकको दूरीमा रहेकाले शुक्रबार आन्तरिक पर्यटकको चहलपहल बढी हुने गरेको बताए । उनका अनुसार खुमैडाँडामा करिब दुईसय जना वास बस्न सक्छन् । ‘राम्रोसँग बस्नलाई धेरै अट्दैनन् । पछिल्लो समय पर्यटक बढेपछि डाइनिङ रुममै पनि सुताएका छौं,’ उनले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->