पोखरा/ गत शुक्रबार चितवनका दुईसहित सात जनाको समूह माछापुच्छे« गाउँपालिकाको पर्यटकीय क्षेत्र खुमैडाँडा पुगे । घाचोक सरीपाखादेखि पदयात्रा सुरु गर्दै शुक्रबार साँझ खुमैडाँडा पुगेका उनीहरुले त्यहाँ पानी नै पाएनन् । बाटोमासमेत पानीको स्रोत नभेटिएका उनीहरुले हिमालको काखमा पानी पाइने आशा लिएका थिए ।
शुक्रबार नै खुमै पुगेका पोखराका अमित विकले खुमैमा पानी माग्दा नपाएको गुनासो पोखे । ‘चिसो ठाउँ थियो । बीचमा जाँदापनि पानी कहीँ पाएनौँ । खुमैमा क्याम्प (होटल) थियो तातोपानी माग्दा पानी पाएनौं’, उनले भने,‘पानीको चाहिँ एकदम समस्या रहेछ । खानेपानी नै छैन् । हामी मात्र होइन त्यहाँ पुग्ने हरेकले यो समस्या भोग्न परेको छ ।’
उनीहरुको टोली खुमै ट्रेकर्स होममा बसेका थिए । सुमिन सुनारले हिँडेदेखि नै पानी कहीँकतै नपाएको बताए ‘पानी नपाउँदा ग्राहो भयो । लगेको पानीले घाटीमात्रै भिजाउन प¥यो । होटलमा त झन पानी नै पाइएन् । पानी छैन भने,’ उनले भने, ‘पैसा तिरेरै पानी खान्छु भन्दा पनि पाएनौँ । हिउँ भएको ठाउँमा पानी नै छैन् ।’
खुमैमा व्यवसाय गर्दै आएकाहरुले पनि खानेपानीका लागि निकै संघर्ष गर्नुपरिरहेको बताए । कास्कीको माछापुच्छे« गाउँपालिका १ स्थित खुमैडाँडा पछिल्लो समय निकै चर्चामा आएको पर्यटकीय ठाउँ हो । माछापुच्छे« हिमालको काखमा बसेको खुमैडाँडा ग्रेट माछापुच्छे« ट्रेकअन्तर्गत पर्दछ । माछापुच्छे्र गाउँपालिका ९, तातोपानीबाट पनि जान मिल्ने खुमैडाँडामा खानेपानी अभाव छ । खुमैडाँडामा पानी ल्याउन दुई घण्टाको बाटो हिँड्नुपर्छ । व्यवसायी हेमन्त गुरुङले भने,‘पानीको साह्रै समस्या छ । दुई घण्टा हिँडेर जानुपर्छ । यहाँ आउने पर्यटकका लागि समेत यो समस्या हो ।’ व्यवसायी सुरेश गुरुङले पानीका लागि गाउँपालिका र प्रदेश सरकारले सहयोग गर्नुपर्ने बताए ।
मोनोलिसा थापाले सबैभन्दा छोटो टे«क नै ग्रेट माछापुच्छे्र टे«क रहेको सुनाउँदै खानेपानी व्यवस्थापनलाई ध्यान दिन आवश्यक रहेको सुनाइन् । ‘हिलेखर्क कटेपछि पानीको अभाव छ । हिमालमा पनि पानीको अभाव देख्दा अचम्म लागेको छ । हिउँ पर्छ हिमाल नजिकै छ तर पनि खानेपानी नै छैन्’, उनले भनिन्, ‘पर्यटक बढीरहेका छन् । व्यसाय पनि राम्रो रहेछ तर पानीको चाँहि व्यवस्थापन हुनुपर्छ ।’ ग्रेट माछापुच्छे टे«कमा वडा १ का समुदायले संयुक्त रुपमा होटलहरु संचालन गर्दै आइरहेका छन् ।
माछापुच्छे्र गाउँपालिकाका अध्यक्ष मिनबहादुर गुरुङले ग्रेट माछापुच्छे्र टे«कलाई स्तरोन्नति गर्नका लागि पालिकाको बैठक नै खुमैमा बसेको सुनाए । उनले १६ औं कार्यपालिका बैठक खुमैमा बस्दै माछापुच्छे पदयात्रालाई स्तरोन्नतिका साथै पानीको स्रोत खोजी गरी पानीको व्यवस्थापनलाई अघि बढाउने बताए । ‘१६ औं कार्यपालिका बैठकले यो ठाउँको स्तरोन्नतिका साथै प्रबद्र्धनका लागि काम गर्ने निर्णय भएको छ । हाम्रो पालिका पर्यटकीय पालिका हो ।
हामीले माछापुच्छेै हिमाल समेत खुल्ला गर्ने सोँच बनाइरहेका छौं । अब सिँढी बनाएर पदमार्ग बनाउने योजना बनाएका छौं’, उनले भने,‘अहिले अनुमति बिना नै होटल खुलेका छन् । व्यवसायलाई समेत करको दायरामा ल्याउँदै अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) संग समन्वय गरी पूर्वाधार बनाइने छ ।’ सो टे«कमा विगत तीन–चार महिना यता आन्तरिक पर्यटकको संख्यामा वृद्धि भइरहेको छ । आन्तरिक पर्यटक बढेसँगै व्यवस्थापनमा समेत चुनौति थपिएको छ ।





