मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

मन्त्रिपरिषद्‌ पुनर्गठन: नारायणकाजीभन्दा पूर्णबहादुर अगाडि

मन्त्रिपरिषद्‌ पुनर्गठन: नारायणकाजीभन्दा पूर्णबहादुर अगाडि


  • ढोरपाटन संवाददाता
  • चैत्र १७ २०७९, शुक्रबार

पोखरा / पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन सरकारले आकार लिएको छ। करिब एक महिनादेखि १६ मन्त्रालय आफैं सम्हालेका प्रचण्डले शुक्रबार १० जना मन्त्री नियुक्त गरेका छन्। यससँगै प्रचण्डसहित मन्त्रिपरिषद्को संख्या १७ भएको छ। अझै प्रचण्डसँग ६ वटा मन्त्रालय रहेका छन्।

यससँगै मन्त्रीहरुको वरीयता पनि निर्धारण भएको छ। वरीयताअनुसार प्रधानमन्त्री प्रचण्डपछाडि उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का दोस्रो नम्बरमा आएका छन्। अर्का उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलाई तेस्रो वरीयता मिलेको छ।

त्यसैगरी एकीकृत समाजवादीका उपाध्यक्षसमेत रहेका बेदुराम भुसालालई चौथो वरीयता मिलेको छ। उनले कृषि तथा पशुपंक्षी मन्त्रालयको जिम्मेवारी पाएका छन्। अर्थमन्त्री डा. प्रकाशशरण महतको वरीयता सातौँ कायम भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले १३ औँ नम्बरको वरीयता पाएका छन्।

क्याबिनेट मन्त्रीमध्ये शहरी विकासमन्त्री सीता गुरुङ सबैभन्दा तल अर्थात १६ औँ वरीयतामा छिन्। उनीभन्दा तल १७ औँ नम्बरमाा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुशीला सिर्पाली रहेकी छन्।

क्र.सं. नाम, थर पद कार्यविभाजन
 १. श्री पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री कानुन, न्याय तथा संसदीय मामिला; परराष्ट्र;  वन तथा वातावरण; युवा तथा खेलकुद; स्वास्थ्य तथा जनसङ्‌ख्या र खानेपानी
 २. श्री पूर्णबहादुर खड्का उपप्रधानमन्त्री रक्षा
 ३. श्री नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री गृह
४. डा. बेदुराम भुसाल मन्त्री कृषि तथा पशुपंक्षी विकास
 ५. श्री अशोककुमार राई मन्त्री शिक्षा, विज्ञान तथा प्रविधि
 ६. श्री शरतसिंह भण्डारी मन्त्री श्रम, रोजगार तथा सामाजिक सुरक्षा
 ७. श्री प्रकाशशरण महत मन्त्री अर्थ
८. श्री महिन्द्र राय यादव मन्त्री महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
९. श्री शक्तिबहादुर बस्नेत मन्त्री ऊर्जा, जलस्रोत तथा सिँचाई
१०. श्री रेखा शर्मा मन्त्री सञ्‍चार तथा सूचना प्रविधि
११. श्री सुदन किराती मन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
१२. श्री अमनलाल मोदी मन्त्री सङ्घीय मामिला तथा सामान्य प्रशासन
१३. श्री प्रकाश ज्वाला मन्त्री भौतिक पूर्वाधार तथा यातायात
१४. श्री रञ्जिता श्रेष्ठ मन्त्री भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
१५. श्री रमेश रिजाल मन्त्री उद्योग, वाणिज्य तथा आपूर्ति
१६. श्री सीता गुरूङ मन्त्री शहरी विकास
१७. श्री सुशीला सिर्पाली ठकुरी राज्यमन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->