बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

४० लाखको लगानीमा पोखरामा फलरस संचालनमा

४० लाखको लगानीमा पोखरामा फलरस संचालनमा


  • ढोरपाटन संवाददात
  • बैशाख १ २०८०, शुक्रबार

पोखरा/  नयाँ वर्षको सुरुवातसंगै पोखरामा ४० लाख लगानीमा फलरस संचालनमा आएको छ । मौसमी तथा वेमौसमी फलफुल र यसबाट बनाइने विभिन्न जुसहरुको सुविधा सहित पोखराको पृथ्वीचोक स्थित पोखरा मलमा फलरस संचालनमा आएको हो ।

पसलको शुक्रबार पोखरा महानगरपालीका वडानम्बर ९ का वडाअध्यक्ष दिपेन्द्र मर्सानी र पृथ्वी राजमार्ग बस व्यवसायी समितिका अध्यक्ष योगेन्द्र केसिले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

नेपाल फलफुल थोक व्यवसायी संघ काठमाडौँका अध्यक्ष समेत रहेका फलफुल व्यवसायी अमर बाँनिया सहित पोखराका दिल बहादुर थापा र कमल बहादुर थापाले करिब ४० लाखको लगानीमा फलरस पसल संचालनमा ल्याएका हुन् ।

काठमाडौँमा फलफुलको होलसेल पसल संचालन गर्दै आएका बाँनियाले पोखराको लामाचौरमा पहिलो पटक फलरस पसल खोलेका थिए । लामाचौरमा ग्राहक बढेपछि फलफुलको माग अनुसार दोस्रो शाखाको रुपमा पृथ्वीचोकमा खोलेको उनले बताए ।

बच्चा देखि बिरामी सम्मले खाने फलफुल हाइजेनिक, स्वच्छ, सफा हुनुपर्ने जिकिर गर्दै त्यस मापदण्डलाई पुरा गरि पसल खोलिएको उनको दाबी छ । उनका अनुसार आधुनिक मेसिनहरु प्रयोग गरि बनाइएका विभिन्न फलफुलको जुस, लस्सी समेत पसलमै उपलब्ध हुने छ ।

गर्मीयाममा मौसमी मेवा, आँप र उखुँ जुसको माग बढि हुने गरेको छ । फलफुलमा प्रशस्त्र मात्रमा भिटामिन ए, बी १, बी ६, सी, डी, पोटासियम, फस्फोरस, आइरन लगायतका पौष्टिक तत्व पाइने भएकाले मानव शरीरका लागि एकदमै आवश्यक रहेकोे चिकित्सकहरु बताउँछन ।

फलफुलले शरीरमा पानीको मात्रा बढाउन मद्दत गर्छ र रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ । त्यसैले गर्मीमा फलफुल खानु निकै लाभदायक मानिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->