बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

‘आमा भनेकी आमा हुन्’ गीत लोकार्पण

‘आमा भनेकी आमा हुन्’ गीत लोकार्पण


  • ढोरपाटन संवाददाता
  • बैशाख ७ २०८०, बिहिबार

पोखरा / आमाको मुख हेर्ने दिनको अवसर पारेर ‘आमा भनेकै आमा हुन्’ गीतको भिडियोको बुधबार पोखरामा लोकार्पण गरिएको छ । संचारकर्मी सञ्जयकुमार मल्लले लेखेको गीतमा विनोद बानियाँको स्वर रहेको छ । भिडियोको गीतकार मल्ल र गायक बानियाँकी आमा चिजमाया मल्ल र शान्ति बानियाँले एक कार्यक्रमकाबीच लोकार्पण गरे । भिडियोको निर्देशन नेत्र गुरुङले गरेका हुन् ।

गीतकार मल्लले आफ्नो पेशा संचारकर्म भएपनि साहित्य रूचिको बिषय भएको बताए । रेडियो अन्नपूर्णका स्टेसन म्यानेजरसमेत रहेका मल्लले सन् २०१५ मा मातातीर्थ औंशीका दिन आमालाई समर्पण गरेर लेखिएको कविता ८ वर्षपछि श्रोता÷दर्शक समक्ष ल्याउन पाउँदा खुसी लागेको सुनाए ।

कवि तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठले आमा शब्द आफैमा महान भएको भन्दै सानैमा आमा गुमाएकाले आमा भन्ने वित्तिकै गला अवरूद्ध हुने गरेको अनुभव सुनाए । नेपाल आमा सबैभन्दा दुःखी रहेको भन्दै श्रेष्ठले नेपाल आमाको मुहारमा खुसी दिन सक्नुपर्ने बताए । पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले आम मानिसले बाँचेको जीवनको पाटोलाई गीतले समेटेको बताए ।

प्राज्ञ तथा बरिष्ठ लोकगायिका हरिदेवी कोइरालाले आमा शब्दको महिमा बिशाल रहेको भन्दै गीतको म्युजिक भिडियो हेर्दे गर्दा आफ्नो आमाको दुःखलाई सम्झिएको बताइन् ।
गायक विनोद बानियाँले कविता निकै मन परेकाले कम्पोज गरी गीतको रूपमा ल्याउन पाएको भन्दै खुसी व्यक्त गरे ।

निर्देशक नेत्र गुरुङले शब्दले निकै मन छोएको सुनाए । कास्कीकोटममा छायांकन गरिएको गीतको भिडियोमा खिमकुमारी सुवेदी र अनिल कार्कीको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->