नवलपुर/ जिल्लाको मध्यविन्दु नगपालिकाको सरकारी जीपको ठक्करबाट चार बबर्षिय बालकको मृत्यु भएको छ । मध्यविन्दु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडीको ठक्करबाट मध्यविन्दु नगरपालिका वडा नं. १५ का धनिराम माझीका चार बर्षीय छोरा आदित्य माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
वडा नं. १५ स्थित हरवासटार खण्डको भित्री खण्डमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा २ झ २३१२ नम्वरको जीपले बालकलाई ठक्कर दिएको हो ।
ठक्कर दिने गाडी र चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी सन्तोष पाठकले बताए ।
आईतवार साँझ ५ बजे घटना भएको जानकारी प्राप्त् भएलगत्तै जिल्ला प्रहरी कार्यालयबाट ६ जनाको अनुसन्धान सहितको टोली घटनास्थल पुगेको डिएसपी पाठकले बताएका छन् ।
चालकको परिचयका बारेमा भने जानकारी आईनसकेको बताईएको छ ।





