चितवन / चितवन-२ को उपनिर्वाचनमा पाँच वटा वडाको मतगणना सकिएको छ । प्राप्त नतिजाअनुसार अहिले इच्छाकामना १,२,३,४ र ५ को गणना सकिएको छ । रास्वपा सभापति रवि लामिछानेले अग्रता कायमै राखेका छन् । लामिछानेले ३ हजार १६६ मत पाएका छन् ।
यस्तै, नेकपा (एमाले) का उमेदवार रामप्रसाद न्यौपानेले १ हजार ७१६ मत प्राप्त गर्दा कांग्रेस उमेदवार जितनारायण श्रेष्ठले १ हजार २४१ मत पाएका छन् ।





