मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

चितवनमा एमालेको गढ मानिएको इच्छाकामना खोसे रविले

चितवनमा एमालेको गढ मानिएको इच्छाकामना खोसे रविले


  • ढोरपाटन संवाददाता
  • बैशाख ११ २०८०, सोमबार

चितवन / गत मंसिर ४ गते नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले राम्रो भोट पाएको इच्छाकामना गाउँपालिकामा यस पटक राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता बनाएका छन्।  आइतवार भएको उपनिर्वाचनमा चितवन क्षेत्र नम्बर २ को परिणाम आउँदै गर्दा इच्छाकामनामा पनि लामिछानेले अग्रता लिएका हु्न्।

नतिजाअनुसार लामिछानेले इच्छाकामनाबाटै एमाले र कांग्रेसका प्रतिस्पर्धीभन्दा १७ सय धेरै मत पाइसकेका छन्। रविले हालसम्म ४ हजार ३५८ मत पाएका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका रामप्रसाद न्यौपानेले २ हजार ५८५ मत ल्याउँदा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले २ हजार २०५ मत ल्याएका छन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार इच्छाकामना गाउँपालिकाका सबै वडाको मत गनिसकिएको छ। त्यहाँ आइतवार ९ हजार ४४४ मत खसेको थियो। इच्छाकामनामा गत मंसिरको निर्वाचनमा रवि लामिछानेले तेस्रो मत ल्याएका थिए। यहाँ उनलाई एमालेमा पोखरेलले पछि पारेका थिए। तर अहिले एमालेका न्यौपाने दोस्रोमा समेटिएका छन्।

यहाँ मंसिरमा एमाले सबैभन्दा धेरै मत ल्याएको थियो। एमालेका पोखरेलले ३ हजार ६२३ मत ल्याएका थिए।  यहीँ नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३ हजार २१६ मत ल्याएका थिए। यहाँ रविले २ हजार ९७५ मत ल्याएका थिए। इच्छाकामना गाउँपालिका र कालिका नगरपालिका जस्ता गाउँ समेटिएका क्षेत्रमा पनि रवि अगाडि लागेपछि अब भरतपुरको प्रमुख सहरी क्षेत्रमा उनको भोट बढ्ने अनुमान छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->