मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

गणना हुन बाँकी मतभन्दा रविको मतान्तर धेरै

गणना हुन बाँकी मतभन्दा रविको मतान्तर धेरै


  • ढोरपाटन संवाददाता
  • बैशाख १२ २०८०, मंगलबार
फाइल तस्वीर ।

पोखरा / चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानको जीत सुनिश्चित भएको छ । गणना हुन बाँकी मतभन्दा उनको मत धेरै भएसँगै जीत निश्चित भएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ५६ हजार ५०७ मत गणना भइसकेको छ । सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यका अनुसार अब करिब २२ हजार मतगणना हुन बाँकी छ । जसमा रविले ४० हजार ६९ मत प्राप्त गरेका छन् ।

उनले निकटम प्रतिष्पर्धी नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठलाई ३३ हजार ३८८ मतान्तरले पछि पारेका छन् । श्रेष्ठले ७ हजार ४५७ मत पाएका छन् । त्यस्तै तेस्रो स्थानमा रहेका नेकपा एमालेका रामप्रसाद न्यौपानेले ७ हजार २६८ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->