मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

बारामा उपेन्द्रले जित्दा घण्टीवाला रमेशको जमानत जफत

बारामा उपेन्द्रले जित्दा घण्टीवाला रमेशको जमानत जफत


  • ढोरपाटन संवाददाता
  • बैशाख १३ २०८०, बुधबार

पोखरा / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवि लामिछानेले चितवन-२ र स्वर्णिम वाग्लेले तनहुँ-१ मा फराकिलो अन्तरले जित निकाले।

तनहुँ र चितवनमा रवाफिलो जित निकालेको चुनाव चिह्न घण्टी रहेको रास्वपाको बारा-२ मा भने जमानत जफत भएको छ। सो क्षेत्रबाट उपनिर्वाचनमा उम्मेदवार बनेका पूर्वडीआईजी रमेश खरेलको जमानत जफत भएको हो।

त्यहाँ कुल ६९ हजार २२ मत खसेकोमा खरेलले १० प्रतिशत पनि मत पाएनन्। बुधबार बिहान सार्वजनिक औपचारिक परिणाममा जसपाका उपेन्द्र यादव २८ हजार ४१५ मतसहित विजयी भए।

जनमतका शिवचन्द्र कुशवाहाले २३ हजार ३३४ र नेकपा एमालेका पुरुषोत्तम पौडेलले १० हजार २१६ मत ल्याउँदा खरेलले ३ हजार मत पनि ल्याउन सकेनन्।

त्यहाँ उनले जम्मा २ हजार ८२९ मत मात्रै पाए, जुन कुल मतको ४ दशमलव १४ प्रतिशत हो। १० प्रतिशत मत कटाउन नसकेपछि खरेललको जमानत जफत भएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->