इलाम / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट भनेको विशेष विचार र आचरणको व्यक्ति भएको बताएका छन्।
नेकपा एमाले इलामको प्रथम जिल्ला प्रतिनिधि परिषद् बैठकलाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष ओलीले विहिवार कम्युनिष्ट भए पछि जे गरे पनि हुन्छ भन्ने धारणा बढ्दै गएको बताए । ‘आचार, विचार जे पनि हुने, जे पनि गर्ने, आफ्नो पार्टीलाई भोट हाले पनि हुने, नहाले पनि हुने व्यक्ति कम्युनिष्ट हुन सक्दैन’ ओलिले भने ।
हिंसा र आतङ्क मच्चाउने, समाज भाँड्ने भँडुवा कम्युनिष्ट नहुने उनले वताए । समाज रूपान्तरण गरेर सही बाटोमा लैजाने गुण कम्युनिष्टमा हुनु पर्ने ओलिको भनाइ छ।
देश दुनियाँ एमाले सिध्याउन लाग्दा पनि इलामका दुवै निर्वाचन क्षेत्रमा एमालेले चुनाव जितेको भन्दै उनले खुसी व्यक्त गरे । राज्यका अङ्ग एमालेका विरुद्ध प्रयोग हुँदा पनि नेकपा एमाले देशको सर्वाधिक लोकप्रिय पार्टी बनेको उनको दावी थियो।
अहिले एकातिर राष्ट्र बनाउने, समृद्ध नेपाल, सुखी नेपाली बनाउने शक्ति रहेको र अर्कोतिर देश सिद्ध्याउने शक्ति रहेको ओलीले बताए । राष्ट्र बनाउने शक्तिको नेतृत्व नेकपा एमालेले गरेको र देश सिद्ध्याउने नेतृत्व गठबन्धनले गरेको उनको आरोप थियो ।
माओवादी र सरकाले देश भरी आतङ्क मच्चाउँदा पनि एमाले सधैँ शान्तिको पक्षमा लडेको ओलीले बताए । नेकपा एमाले सधैँ सत्यको पक्षमा रहेको ओलीले प्रष्ट पारे ।
एमालेको काँधमा ठूलो जिम्मेवारी रहेको वताउदै ओलिले देश बनाउने जिम्मा नै एमालेको काँधमा रहेको प्रष्ट पारे । एमाले एक भयो भने यी सबै काम गर्न सक्ने उनले बताए ।





