मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

ओलीमाथी भएको आक्रमण संघीयताको दुष्परिणामः चित्रबहादुर केसी

ओलीमाथी भएको आक्रमण संघीयताको दुष्परिणामः चित्रबहादुर केसी

सङ्घीयता-त्यसमा पनि जातीय सङ्घीयताले नेपालको राष्ट्रिय विखण्डन गर्नेछ ।


  • ढोरपाटन संवाददाता
  • बैशाख १६ २०८०, शनिबार

पोखरा / राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले झापामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी कार्यक्रममा भएको आक्रमण संघीयताको दुष्परिणाम भएको वताएका छन् । केसीले शनिबार विज्ञप्ति जारी गरी ओलीमाथि जातिवादीहरुले आक्रमण गरेको भन्दै विरोध जनाएका हुन् ।

‘हामीले भन्दै आइरहेका छौँ, सङ्घीयता-त्यसमा पनि जातीय सङ्घीयताले नेपालको राष्ट्रिय विखण्डन गर्ने छ । त्यसले देशको राष्ट्रियता, सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि नै आँच पुर्‍याउने छ । अहिले एमाले अध्यक्ष ओलीमाथिको आक्रमण सङ्घीयताको त्यस्तै दुष्परिणाम हो’ अध्यक्ष केसीले विज्ञप्तिमा भनेका छन् ।

कोशी प्रदेशको नामकरणको सन्दर्भमा भइरहेको प्रदर्शनले विखण्डनको अवस्था उत्पन्न गर्ने भन्दै राष्ट्रिय जनमोर्चाले यथाशीघ्र सङ्घीयता खारेज गरी प्रजातान्त्रिक विकेन्द्रीयता र स्थानीय स्वायत्त शासनमाथि आधारित एकात्मक शासन कायम गर्नुपर्ने धारणा राखेको छ ।

वैशाख १३ मा झापामा अध्यक्ष ओली सहभागी कार्यक्रममा कोशी नामकरणको विपक्षमा आन्दोलनरत पक्षले आक्रमणको प्रयास गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->