मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

सांसद चन्द्र भण्डारी उपचारपछि आज नेपाल फर्किदै

सांसद चन्द्र भण्डारी उपचारपछि आज नेपाल फर्किदै


  • ढोरपाटन संवाददाता
  • बैशाख १७ २०८०, आइतबार

काठमाडौं / भारतमा उपचाररत नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा.चन्द्र भण्डारी आज स्वदेश फर्कने भएका छन् ।

साढे दुई महिना उपचार गराएपछि उनी आज नेपाल फर्किन लागेका हुन् । उनी साँझ ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नेछन् ।

भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत डा भण्डारी आज दिउँसो २ : ५५ बजेको नेपाल वायुसेवा निगमको विमानमार्फत स्वदेश फर्कन लागेको उनी निकट कांग्रेस नेता माधव न्यौपानेले जानकारी दिए ।

पछिल्लो समय भण्डारीको स्वास्थ्यमा सुधार आएको छ । उनी बोल्ने र हिँड्ने गर्न थालेका छन् । नेपाल फर्केसँगै डा भण्डारी घरमा बसेर फिजियोथेरापी गर्नुका साथै पोलेको घाउ ड्रेसिङ गर्न अस्पताल जानुपर्नेछ ।

गत फागुन ३ गते राति आफ्नै निवास बुद्धनगरमा ‘ग्यास लिक भएर आगालागीबाट गम्भीर घाइते भएका थिए । आगलागीमा परी सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए ।

आमा हरिकलाको भने उपचारका क्रममा कीर्तिपुर अस्पतालमा फागुन ४ गते निधन भएको थियो । भण्डारीलाई सोही दिन थप उपचारका लागि एयर एम्बुलेन्समार्फत भारत लगिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->