मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

गण्डकी सरकार : विश्वासको मत लिने तयारी, त्यसपछि मन्त्रिपरिषदलाई पूर्णता

गण्डकी सरकार : विश्वासको मत लिने तयारी, त्यसपछि मन्त्रिपरिषदलाई पूर्णता


  • ढोरपाटन संवाददाता
  • बैशाख १७ २०८०, आइतबार

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत लिने तयारी थालेका छन । बिहिबार नियुक्त भई शुक्रबार पद तथा गोपनीयताको सपथ लिएका पाण्डेले हप्तादिनभित्रैमा विश्वासको मत लिने बताएका छन । गण्डकीमा हाल प्रदेशसभा बैठक स्थगित छ ।

निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकारले अघिल्लोे शनिबारदेखि प्रदेशसभाको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो । यही दिन अधिकारीले प्रदेशसभाबाट विश्वासको मत पाएका थिएनन । विश्वासको मत नपााएपछि सरकारले चालु अधिवेशन अन्त्यको लागि प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।
सरकारको सिफारिसमा प्रदेश प्रमुखले अन्त्य गरेको प्रदेशसभाको अधिवेशन नयाँ मन्त्रिपरिषदले गर्नेछ । गण्डकीमा सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री सहित सरस्वती अर्याल तिवारी र सुशिला सिंखडा विनाविभागीय मन्त्री छन ।

एकदुई दिनभित्रै मन्त्रिपरिषदको बैठक बस्ने र प्र्रदेशसभाको अधिवेशन आह्वानको निर्णय हुने मुख्यमन्त्री पाण्डेले भने ।
शुक्रबार मुख्यमन्त्री पदको नियुक्ती लिएसँगै उनले मन्त्रिपरिषद विस्तार एक हप्ताभित्रै हुने बताएका थिए । तर, मन्त्रिपरिषदले पूर्णता भने मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मात्रै हुने भएको छ ।

“विश्वासको मत लिएपछि हुन्छ । सदन खुलाउने बारेमा सल्लाह भइरहेको छ, एक हप्ताभित्रमा हुन्छ होला ।” पाण्डेले भने, “मन्त्रिपरिषद बैठक बसेर सदन आह्वान गर्छौँ ।”

दर्जनबढि आकांक्षी, मन्त्री बन्न काठमाण्डौमा दौडधुप

शनिबार मुख्यमन्त्री सँगै सपथ लिएका दुई मन्त्रीमध्ये सरस्वती अर्याल तिवारी कांग्रेसकी हुन भने सुशिला सिंखडालाई माओवादी केन्द्रले सरकारमा पठाएको हो ।
गण्डकीको मन्त्रिपरिषद सात सदस्यिय हुनेछ । मन्त्रालय नथप्ने भनेर मुख्यमन्त्रीले घोषणा पनि गरिसकेका छन । संख्या नबढ्ने खण्डमा अब चारजना मन्त्री थपिनेछन ।
पाण्डेलाई सरकारमा कांग्रेसका २७, माओवादी केन्द्रका ७ (सभामुख बाहेक) र स्वतन्त्री निर्वाचित पछि नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका राजीव गुरुङ (दीपक मनाङे)ले समर्थन गरेका थिए ।

गठबन्धनका यी तीन दललाई सरकारमा सामेल गराउनुपर्ने चुनौती पाण्डेसामु छ । त्यसमध्ये सबैभन्दा बढि आकांक्षी कांग्रेसमा नै छन । खगराज अधिकारी नेतृत्वको सरकारमा दुई मन्त्रालय लिएर सरकारमा गएको माओवादीले अहिले तीनवटा मन्त्रालयको दाबी गरिरहेको छ भने मनाङे पनि मन्त्री बन्नको लागि शिर्ष नेताबाट पाण्डेलाई फोन गराउने, दबाब दिने रणनीतिमा छन ।

माओवादीलाई भने कांग्रेसले अघिल्लै सरकारमा लिएका दुइवटा मन्त्रालय लिन आग्रह गरिरहेको छ । तर, माओवादी केन्द्र संसदीय दलका नेता चुमानले तीनवटा मन्त्रालय आफूलाई चाहिने, आलोपालो मुख्यमन्त्री बन्दा कति समय पाण्डे मुख्यमन्त्री बन्ने भन्ने लगायतका विषयमा लिखित सहमति खोजिरहेका छन ।
मन्त्रिपरिषदको यही किचलोले गर्दा विश्वासको मत लिन समस्या हुने ठानेरै पाण्डेले पहिला विश्वासको मन लिने रणनीति अपनाएका छन ।

यता, मन्त्री बन्ने आकांक्षाका बिच सांसदहरुले काठमाण्डौमा दौडधुप तीव्र बनाएका छन । शनिबार नै पाण्डेसँग मन्त्री सपथ लिने इच्छा असफल भएपछि कांग्रेसका सांसदहरु शिर्ष नेता भेट्न राजधानी पुगेका छन । कास्कीका विन्दुकुमार थापा, बागलुङका जीत शेरचन काठमाण्डौ गएका छन । अन्य नेताहरुले फोनबाटै भएतापनि शिर्ष नेताहरुलाई सम्पर्क गरिरहेका छन ।

कास्कीका थापालाई यसअगाडि नै कांग्रेस सभापति शेरबहादुर देउवाले पाण्डे मुख्यमन्त्रीको सपथ लिँदा मन्त्री बनाउने वचन दिएका थिए । तर, चर्को राजनीतिक खिचातानीका कारण शनिबार थापाले सपथ लिन पाएनन । उनलाई रोक्न कास्कीकै सांसदहरु सरस्वती गुरुङ, प्रकाश बराल, लमजुङका टकराज गुरुङ लगायतका सांसदहरुले मन्त्रीमा दोहो¥याउन नहुने भन्दै डेलिगेसन गएका थिए ।

थापालाई रोक्नकै लागि टकराज मन्त्री बन्छन भन्ने धेरैको आशंका थियो । तर, पाण्डेसँग सरस्वती अर्याल तिवारी मन्त्री बनिन । संस्थापन समूहकी अर्याललाई मन्त्रीमा अगाडि सार्दा सुरेन्द्रराज पाण्डेसँग संसदीय दलको नेतामा प्रतिष्पर्धा गरेका भोजराज अर्यालको च्याप्टर क्लोज बनेको छ । अब इतर समूहबाट नवलपुरका महेन्द्रध्वज जिसीको सम्भावना बढेर गएको छ ।

जिसी मन्त्री बनेको खण्डमा साविक धौलागिरी अञ्चल (पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ) बाट एकजना मन्त्री बन्ने सम्भावना रहन्छ । बागलुङका डिल्लीराम सुवेदी, जीत शेरचन, चम्पादेवी खड्कादेखि पर्वतकी रेखा गुरुङ मध्ये एकजना मन्त्री बन्ने सम्भावना छ ।

यता माओवादी केन्द्रबाट डा. बाबुराम भट्टराईको पार्टी नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटाको सम्भावना छ । देवकोटा नेसपाको उमेदवार भएतापनि माओवादी केन्द्रको चुनाव चिन्हबाट उमेदवार बनेका थिए । तर, माओवादीबाट नै सरकारमा सहभागी भएकी सिंखडा पनि गोरखाकै भएको हुँदा देवकोटाको सट्टा म्याग्दीका रेशम जुग्जाली मन्त्री बन्ने सम्भावना छ । जुग्जाली खगराज अधिकारी नेतृत्वको सरकारमा समेत मन्त्री थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->