मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

बन्द पृथ्वी राजमार्गमा एकतर्फी खुलाइयो सवारी साधन

बन्द पृथ्वी राजमार्गमा एकतर्फी खुलाइयो सवारी साधन


  • ढोरपाटन संवाददाता
  • बैशाख १९ २०८०, मंगलबार

धादिङ / धादिङमा पुल भासिँदा प्रभावित भएको सवारी आवागमन एकतर्फी खुलाइएको छ । पृथ्वी राजमार्गस्थित धादिङको धुनिबेँसी नगरपालिका र थाक्रे गाउँपालिका जोड्ने गणेशखोलामाथिको मोटरेबल पुल भासिएको हो ।

त्यहाँ ग्याभिन जाली भरेर मंगलवार (केही बेरअघि) देखि सवारीको आवतजावत एकतर्फी खुलाइएको प्रहरीले जनाएको छ । भासिएको पुलमा नेपाली सेना, नेपाल प्रहरी, स्थानीय तथा यात्रुको सहयोगमा ग्याभिन जाली भरिएको हो ।

सोमबार दिउँसोको वर्षासँगै धुनिबेँसी-६, धार्केतर्फ पुलको एउटा भाग भासिएको थियो । त्यतिपछि सडक एकतर्फी रूपमा सञ्चालन गरिएको थियो । पुलमा पूर्ण क्षति पुगेपछि सोमबारै अपराह्न ४ बजेदेखि दुईतर्फी नै सवारीसाधन रोकिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->