मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

पृथ्वीराजमार्गको याम्पा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध

पृथ्वीराजमार्गको याम्पा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध


  • ढोरपाटन संवाददाता
  • बैशाख २० २०८०, बुधबार
फाईल तस्विर

तनहुँ/ पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिकाको याम्पा–आँबुखैरेनी सडक अवरुद्ध भएको छ । आज बिहान बन्दीपुर गाउँपालिका–५ याम्पा आँधीखोलामा ट्रकको ठक्करबाट एघारजना घाइते भएपछि राजमार्ग अवरुद्ध भएको हो ।

डुम्रेदेखि मुग्लिनतर्फ जाँदै गरेको ना ४ ख १९७३ नम्बरको ट्रकको ठक्करबाट सडक छेउ बसेका विद्यार्थी र घरमा रहेका समेत गरी एघारजना घाइते भएका छन् । दुर्घटनापश्चात् स्थानीयवासीले सडकअवरुद्ध गरेको बन्दीपुर गाउँपालिका–५ का वडाध्यक्ष धु्रवप्रसाद लामिछानेले जानकारी दिए । स्थानीयवासीले ट्रकसमेत तोडफोड गरेको छन् । घटनास्थलमा धेरै सङ्ख्यामा सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ ।

घाइते सबैलाई उपचारका लागि चितवन मेडिकल कलेज पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरक्षिक मोहनबहादुर खाणले जानकारी दिए । ट्रकको ठक्करबाट घरमा क्षति भएको छ भने विद्यालय जान बस कुरिरहेका विद्यार्थी समेत घाइते भएको स्थानीयवासी बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->