मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

आज विश्वासको मत लिँदै गण्डकीका मुख्यमन्त्री

आज विश्वासको मत लिँदै गण्डकीका मुख्यमन्त्री


  • ढोरपाटन संवाददाता
  • बैशाख २१ २०८०, बिहिबार

पोखरा/गण्डकीको मुख्यमन्त्री नियुक्त भएको हप्तादिनमा नै सुरेन्द्रराज पाण्डेले प्रदेशसभालाई विश्वासको मत लिने कार्यसूची पठाउँदै विजनेश दिएका छन । वैशाख ९ गते विश्वासको मत पाउन नसकेपछि पूर्वमन्त्री खगराज अधिकारी सरकारले प्रदेशसभाको बैठक अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।त्यसको पाँच दिनपछि मुख्यमन्त्रीमा नियुक्त भएका पाण्डे नेतृत्वको तीन सदस्यिय मन्त्रिपरिषदले दोश्रो बैठकबाट प्रदेशसभा बैठक आह्वानको लागि प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय ग¥यो ।

सरकारको सिफारिसको आधारमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बिहिबार दिनको २ बजेका लागि प्रदेशसभा बैठक आह्वान गरेका छन । बैठकमा विश्वासको मत लिने कार्यसूची तय गर्न मुख्यमन्त्रीले मंगलबार नै प्रदेशसभा सचिवालयलाई पत्र पठाएका छन । सोही अनुसार बुधबार मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिने कार्यसूची तय गरिएको सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिए ।

गण्डकीका चौथो मुख्यमन्त्रीमा पाण्डे नियुक्त हुनुअघि खगराज अधिकारीले १०५ दिन सरकार चलाएका थिए ।तीन महिना र केही दिन गण्डकी सरकारको नेतृत्व गरेका अधिकारी केन्द्रमा भएको सत्ता फेरबदलसँग सत्तापक्षबाट प्रतिपक्षमा पुग्नुपरेको छ । त्यस्तै, केन्द्रकै समीकरणको प्रभावका कारण सुरुमा प्रतिपक्षी दलको नेता बनेका पाण्डे अहिले भने सत्तापक्षको बेञ्चमा सरेका छन ।

वैशाख १४ गते नियुक्त भएका मुख्यमन्त्री पाण्डेले पहिलो बैठकमा नै विश्वासको मत लिन लागेका हुन ।विश्वासको मत माग्दै उनले मंगलबार नै विपक्षी दललाई पत्र पठाएका छन । गण्डकीमा अहिले विपक्षमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी छन । बिहीबार नै कांग्रेस संसदीय दलको बैठक बसेको छ । उक्त बैठकले विश्वासको मत लिने बारेमा छलफल गरेको छ ।

सत्तारुढ अर्को दल माओवादी केन्द्रले पनि सोही विषयमा छलफल गरेको छ । संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त पाण्डेले उपधारा (४) अनुसार विश्वासको मत लिँदै छन ।गण्डकीमा कांग्रेसको २७ सिट छ भने सत्तारुढ माओवादीको ८ तथा एकीकृत समाजवादीको १ सिट छ । माओवादीबाट कृष्ण धिताल सभामुख बनेका कारण विश्वासको मतको प्रस्तावमा मतदान गर्न पाउँदैनन् । वैशाख १४ देखि प्रतिपक्षमा रहेको एमालेसँग २२ र राप्रपासँग २ सिट छ । नेकपा एमालेले भने मुख्यमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । मुख्यमन्त्रीले विश्वासको मत माग्दै पत्राचार गरेकै दिन मंगलबार संसदीय दलको बैठक राखेर एमालेले विपक्षमा मत दिने निर्णय गरेको हो ।

विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषदलाई पूर्णता दिने मुख्यमन्त्री पाण्डेको योजना छ । १५ गते मुख्यमन्त्रीको सपथ लिँदा पाण्डेसँगै दुइजना विनाविभागीय मन्त्रीले पनि सपथ दिएका छन । अब माओवादीबाट थप एक जना र बाँकी मन्त्री कांग्रेसबाट बन्ने सम्भावना छ । यद्यपि, दलगत मन्त्रालयको विभाजन भैसकेको छैन । विश्वासको मत पाएपछि मात्रै मन्त्रालयको भागबण्डा मिलाइने मुख्यमन्त्री स्रोतको भनाइ छ ।

गण्डकीमा स्वतन्त्र निर्वाचिन भएका राजीव गुरुङ उर्फ दीपक मनाङेले पनि मन्त्रीको लागि लबिइङ गरिरहेका छन । स्वतन्त्र निर्वाचित भएका मनाङे माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी प्रवेश गरेका हुन । उनी नेकपा एसको सांसद रहेको पत्र प्रदेशसभा सचिवालयमा पुगिसकेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->