पोखरा / गण्डकी प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका नेता खगराज अधिकारीले संविधान उल्लंघन हुँदा एमाले फड्के किनाराको साक्षी बस्न नसक्ने बताएका छन् ।
गण्डकीमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विहिवार संसदमा विश्वासको मत माग्ने क्रममा नेकपा एमालेसँग पनि मत मागेपछि अधिकारीले संसद प्रतिपक्षविहीन हुन नसक्ने र अहिलेका मुख्यमन्त्री पाण्डे संविधानको मर्म अनुसारको मुख्यमन्त्री नभएको भन्दै सो कुरा बताएका हुन् ।
निवर्तमान मुख्यमन्त्री समेत रहेका नेता अधिकारीले संसदीय व्यवस्था प्रतिपक्षविहीन हुनै नसक्ने र वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तयार पारेको भाष्यको पछि नलाग्न नेपाली कांग्रेसलाई आग्रह समेत गरे ।
‘संविधानको बाटो हिँडनुहोस्। संसदीय राजनीतिको भाष्य नै परिवर्तन गर्दै सबैले भोट हालौँ भन्ने हो भने एउट कुरा हो,’ उनले भने, ‘हामीले संविधानको रक्षाको लागि पनि विपक्षमा भोट हाल्नुपर्छ।’





