शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

प्रेस युनियन म्याग्दीको सभापतिमा शर्मा : पाँच लाखको अक्षयकोष स्थापना

प्रेस युनियन म्याग्दीको सभापतिमा शर्मा : पाँच लाखको अक्षयकोष स्थापना


  • ढोरपाटन संवाददाता
  • बैशाख २३ २०८०, शनिबार

म्याग्दी / नेपाल प्रेस युनियन म्याग्दीको सभापतिमा राकेश शर्मा सर्वसम्मत निर्वाचित भएका छन् । युनियनको शुक्रवार (आज) बेनीमा सम्पन्न आठौँ बार्षिक साधारण सभा तथा छैठौँ अधिवेशनबाट दोस्रो कार्यकालका लागि शर्मा पुनः सभापति निर्वाचित भएका हुन् ।

अधिवेशनबाट समितिको उपाध्यक्षमा धनिला गर्वुजा, सचिबमा साधन राम्जाली, सहसचिबमा लिलकुमारी पुर्जा र कोषाध्यक्षमा सुरेन गुरुङ निर्वाचित भएका छन् । त्यसैगरी समितिको सदस्यहरुमा विप्लव कार्की ,जेनिसा पुरी ,मोहोन विक, विशाल विक ,नेत्रराज सुवेदी ,दलप्रसाद तिलिजा र विप्लव बानियाँ रहेका छन् ।

नेपाल प्रेस युनियन म्याग्दीले ५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको छ । युनियनको आठौं साधारसभा तथा छैठौँ अधिवेशनको अवसरमा रु पाँच लाखको प्रेस युनियन अक्षयकोष घोषणा गरिएको हो । शुभचिन्तक र सहयोगदातामार्फत उक्त राशीको कोष स्थापना गरिएको प्रेस युनियन म्याग्दीले जनाएको छ । कार्यक्रममा कोषबाट पत्रकारिता क्षेत्रबाट लामो समय योगदान पु¥याएका दुईजनालाई सम्मान गरिएको छ ।
यूनियनले प्रेस युनियन पत्रकारिता पुरस्कारबाट विक्रम बोगटी नगद रु. सात हजार सहित पुरस्कृत भएका छन् भने रामगौचन स्मृति प्रेस यूनियन पत्रकारिता पुरस्कारबाट लेखक अजयमिलन श्रेष्ठलाई नगद रु. ५ हजार ५ सय रुपैयाँबाट सम्मान गरिएको छ ।

पुरस्कृतद्वयलाई प्रतिनिधिसभा सदस्य खमबहादुर गर्वुजा ( खम्विर), प्रदेश सभा सदस्य विमला गौचन र युनियनका केन्द्रिय उपाध्यक्ष ऋृषिकान्त पौडेल, महासचिव दिलिप पौडेल, शाखा सभापति राकेश शर्मा लगायतले नगदसहित दोषल्ला र सम्मानपत्रले सम्मान गरेका थिए । अधिवेशनको प्रतिनिधि सभा सदस्य खमबहादुर गर्वुजा( खमवीर)ले उद्घाटन गरेका थिए ।

दिवंगत ब्यवसायी राम गौचनको स्मृतिमा उहाँको धर्मपत्नी गण्डकी प्रदेशसभा सदस्य समेत रहेकी विमला गौचनले रु. एक लाखको अक्षयकोष स्थापना गर्नका लागि सहयोग गरेकी थिइन् ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य खमबहादुर गर्वुजाले मूलुकको ब्यवस्था परिवर्तनको क्षेत्रमा पत्रकारिता क्षेत्रले ठुलो योगदान दिएको बताउदै समाज परिवर्तन र जनजिविकाको अवस्था सुधार्न पत्रकारिता केन्द्रित हुनुपर्ने जोड दिए ।

कार्यक्रममा नेपाल प्रेस यूनियनका केन्द्रिय उपाध्यक्ष पौडेल, महासचिव पौडेल, संविधान सभा सदस्य रेशम बानियाँ, प्रदेशसभा सदस्य गौचन, रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी, केन्द्रिय सचिव नरहरी सापकोटा, केन्द्रिय सदस्य धु्रवसागर शर्मा,माया अधिकारी, यूनियन गण्डकी प्रदेश अध्यक्ष टंक अधिकारी, नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष प्रकाश पौडेल, म्याग्दी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठ, नेपाल ट्रेड यूनियन म्याग्दीका कोमलप्रसाद उपाध्याय, प्रेस चौतारी म्याग्दीका अध्यक्ष प्रताप बानियाँ, प्रेस सेन्टर म्याग्दीका अध्यक्ष कमल खत्री लगाएतले मन्तव्य राखेका थिए ।

अक्षयकोष स्थापना सहयोग गर्ने दाताहरुलाई पनि सम्मानपत्रमार्फत सम्मान गरिएको थियो ।

 

 

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->