शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

विश्व रेडक्रस दिवसमा स्टेसनरी वितरण

विश्व रेडक्रस दिवसमा स्टेसनरी वितरण


  • ढोरपाटन संवाददाता
  • बैशाख २६ २०८०, मंगलबार

पोखरा/विश्व रेडक्रस दिबसको अवसर पारेर राखि युवा रेडक्रस सर्कल पोखरा २६ ले स्टेसनरी वितरण गरेको छ । पोखरा २६ को शिवशक्ति आधारभूत विद्यालयमा आयोजित सो कार्यक्रमको प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति डण्डराज शर्मा रहेका थिए ।

नेरेसो युवा सर्कलका अध्यक्ष विकास रानाभाटको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा २६ कि सदस्य लक्ष्मिदेवी भट्टराई , नेरेसो पोखरा २६ उपशाखाका सभापति शैलेन्द्रमोहन भट्टराई ,युवा सर्कलका निवर्तमान अध्यक्ष सन्दीप ढुङ्गाना, बिध्यलयका प्रधानाध्यापक चन्द्रमान बन्जरा, युवा सर्कलका संरक्षक महेन्द्र ढुङ्गानालगायतले कार्यक्रम मा आ –आफ्नो धारणा व्यक्त गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य सर्कलका उपाध्यक्ष सूर्यचन्द्र राजभाटले तथा सन्चालन सहसचिव विशाल राजभाटले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->