शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

याङ्जाकोट मेला सकियो

याङ्जाकोट मेला सकियो


  • ढोरपाटन संवाददाता
  • बैशाख २७ २०८०, बुधबार

पोखरा/ कास्कीको मादी गाउँपालिका वडा नम्बर–३ याङ्जाकोटमा भएको वैशाख पूर्णिमा मेला सम्पन्न भएको छ । याङ्जाकोट मिलन युवा क्लबले २५६७ औं बुद्ध जयन्तीको अवसर पारेर आयोजना गरेको तीन दिने मेला सम्पन्न भएको हो । सुरुमा तीन दिन भनेपनि मेलाको अवसरमा आयोजित खेलकुद प्रतियोगिताका खेलहरु नसकिएपछि एक दिन लम्ब्याइएको थियो ।

मादी गाउँपालिका र याङ्जाकोटको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले मेलाको अवसरमा आयोजित भलिबल प्रतियोगिताको उपाधि चापाकोट युवा क्लव स्याङ्जाले जितेको छ । प्रतियोगितामा ठकुरी समाज शुक्ला गण्डकी–१२ बाबियोडाँले द्वितीय स्थान प्राप्त ग¥यो । बिजेता चापाकोट युवा क्लवले १ लाख ११ हजार १ सय ११ र उप–बिजेता ठकुरी समाजले ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त ग¥यो ।त्यस्तै, बास्केटबल प्रतियोगिताको उपाधि मोर्दीखोला युवा क्लवले जित्दै एक लाख ११ हजार रुपैयाँ प्राप्त ग¥यो भने थन्कु देउराली युवा क्लवले उपबिजेता हुँदै ५५ हजार ५ सय ५५ सय प्राप्त ग¥यो ।

महोत्सवको अवसरमा आयोजित ठेलो (छेलो) प्रतियोगितामा यमन गुरुङले प्रथम हुँदै २५ हजार र किरण सुनारले द्वितीय हुँदै १५ हजार जिते ।

सामूहिक रस्साकस्सी प्रतियोगिताको महिलातर्फ मकैखोला आमा समूहले प्रथमहुँदै १५ हजार र गैरीगाउँ आमा समूहले द्वितीयहुँदै १० नगद हजारसहित ट्रफी हात पारे । विजेताहरुलाई मादी गाउँपालिकाका अध्यक्ष देवीजङ्ग गुरुङ, आयोजक याङ्जाकोट मिलन युवा क्लबका अध्यक्ष विकास गुरुङलगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->