मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

एमालेले कारबाही थालेपछि टोपवहादुर रायमाझीले साँझ साढे ५ बजे प्रहरीमा आत्मसमर्पण गर्दै

एमालेले कारबाही थालेपछि टोपवहादुर रायमाझीले साँझ साढे ५ बजे प्रहरीमा आत्मसमर्पण गर्दै


  • ढोरपाटन संवाददाता
  • बैशाख २७ २०८०, बुधबार

काठमाडौं / नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीको फरार सूचीमा रहेका पूर्व उपप्रधानमन्त्री एवं एमाले सचिव पदबाट भर्खरै निलम्बनमा परेका प्रतिनिधिसभा सांसद टोपबहादुर रायमाझीले आत्मसमर्पण गर्ने भएका छन् ।

पक्राउ पुर्जी जारी भएको एक हप्तापछि आज फेसबुकमा स्टाटस लेख्दै उनले आफू बिरामी परेकाले अस्पतालमा उपचार गराइरहेको बताएका छन् । मोबाइल अफ गरेर उपचारका लागि अस्पताल गएका रायमाझीले नक्कली शरणार्थी प्रकरणमा आफ्नो नाम मुछिएकोमा आपत्तिसमेत जनाएका छन् ।
आफूमाथि लागेको आरोप निराधार सावित गर्न आज साँझ साढे ५ बजे प्रहरीमा आत्मसमर्पण गर्ने उनले जनाएका छन् । एमालेले केहीबेर अघि रायमाझीलाई निलम्बनको कारबाही गरेको जानकारी गराएको छ ।

यसैबीच रायमाझीले आफु बिरामी भएको विवरण उल्लेख गर्दै आजै दिउँसो संसद सचिवालयमा पत्र पठाएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->