काठमाडौं / पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई अनुसन्धानका लागि थुनामा राख्न ३ दिनको म्याद थप गरिएको छ । प्रहरीले काठमाडौं जिल्ला अदालतबाट ३ दिन म्याद थप गरी हिरासतमा राख्न अनुमति पाएको हो।
बुधबार न्यायाधीश उत्तम सिलुवालको इजलासले खाँणलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । महान्यायाधिवक्ता दीनमणि पोखरेलका अनुसार पूर्वमन्त्री खाँणलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाउन ३ दिनको म्याद लिइएको हो।
नक्कली शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले खाणलाई बुधबार विहान उनको घरबाट पक्राउ गरेको थियो । खाणसँगै उनका पीए नरेन्द्र केसीलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।





