काठमाडौं / आज साँझ प्रहरीमा गिरफ्तारी दिने बताएका नेकपा एमालेका निलम्बित सचिव एवं सांसद टोपबहादुर रायमाझीको वचन फेरि झुठो साबित भएको छ ।
नक्कली शरणार्थी प्रकरणमा प्रहरीले पक्राउ पुर्जी जारि गरेपछि फरार रहेका उनी यसअघि जस्तै अनुसन्धानमा सघाउने भन्दै आज पनि सम्पर्कविहिन भएका हुन् ।
पक्राउ पुर्जी जारी भएको एक हप्तापछि आज फेसबुकमा स्टाटस लेख्दै उनले साँझ साढे ५ बजे गिरफ्तारी दिने बताएका थिए । आज साँझ प्रहरीमा गिरफ्तारी दिने बताएका एमाले सांसद टोपबहादुर रायमाझीको वचन फेरि झुठो साबित भएको छ ।
पक्राउ पुर्जी जारी भएको एक हप्तापछि आज फेसबुकमा स्टाटस लेख्दै उनले साँझ साढे ५ बजे गिरफ्तारी दिने बताएका थिए ।
यसैविच, रायमाझीले आजै संसद सचिवालयलाई पत्र लेखेर आफूलाई बिरामी बिदा मिलाइदिन आग्रह गरेका छन् ।
विना जानकारी लगातार १० वटा बैठकमा अनुपस्थित हुने सांसदलाई सभामुखले ठाडै निलम्बन गर्नसक्ने कानुनी व्यवस्था रहेकाले पद जोगाउन रायमाझीले संसद सचिवालयलाई पत्र लेखेका हुन् ।





