मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

पपुलिष्ट शक्तिमा अराजकता, पूर्वराजा उपलब्धि उल्ट्याउन उद्धत: एमाले अध्यक्ष ओली

पपुलिष्ट शक्तिमा अराजकता, पूर्वराजा उपलब्धि उल्ट्याउन उद्धत: एमाले अध्यक्ष ओली


  • ढोरपाटन संवाददाता
  • बैशाख २८ २०८०, बिहिबार

काठमाडौं / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दक्षिणपन्थी शक्ति संविधान र लोकतान्त्रिक गणतन्त्रको असफल पार्ने शक्तिहरु सक्रिय बनेको बताएका छन् ।

केन्द्रीय कमिटीको बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा सरकारकै गतिविधिका कारणले विभिन्न शक्तिहरू सल्बलाइरहेका उनको भनाइ छ ।

बैठकमा ओलीले पेश गरेको प्रतिवेदनमा भनिएको छ, ‘दक्षिणपन्थी शक्तिसंविधान र लोकतान्त्रिक गणतन्त्रको असफलताका रूपमा चित्रित गर्दै मुलुकलाई प्रतिगामी छ। पूर्वराजाको नाममा भइरहेका निज स्वयंका र उनका आसेपासेका विभिन्न फैलाउन र आन्दोलनका उपलब्धि उल्ट्याउन लक्षित देखिन्छन् । अर्कातिर पपुलिष्ट शक्तिहरु सबै पुरानो दलहरूलाई एउटै डालोमा हालेर विरोध गर्ने काम गरिरहेका छन् । सही आधार र विकल्पविना यस्तो विरोधले समाजलाई थप अशान्त बनाउनेबाहेक कुनै काम गर्दैन ।’

कोशी प्रदेशसभाले संविधानको बढी सदस्यहरूको सहमतिबाट गरेको नामकरणको विरोधमा जातीय बहानामा आफूमाथि भएको आक्रमणको प्रयासमा राजावादी र सत्तामा रहेका कतिपय दलका कार्यकर्ताको समेत सङ्लग्नता रहेको उल्लेख गरेका छन् ।

उनले एमाले लोकतान्त्रिक गणतन्त्र र वर्तमान संविधानको रक्षाका लागि दृढ रहेको प्रतिबद्धता जनाएका छन् । त्यस्तै, वैशाख १० मा भएका उपनिर्वाचनमा संख्यात्मक क्षति बेहोर्नु नपरेपनि चितवन–२ र तनहुँ १ मा पार्टीको मतमा उल्लेखनीय कमी आउनु चिन्ताजनक विषय बताएको बताएका छन् ।

प्रतिवेदनमा भनिएको छ, ‘गत मंसिरमा सम्पन्न आमनिर्वाचनको तुलनामा पार्टी मत घट्नु र वर्तमान सत्ताको विकल्प नेकपा (एमाले) हौँ भन्ने निर्विवाद तथ्यमा समेत प्रश्न उठ्ने खालको परिणाम आउनु गम्भीर विषय हो । सम्बन्धित जिल्ला प्रदेश कमिटीले यसको गम्भीर समीक्षा गर्नुपर्छ र रहन गएका कमीहरूलाई अविलम्ब सच्याउनुपर्छ ।’

बैठकमा चार आयोग र तीन प्रदेशको समीक्षात्मक रिपोर्ट पेश

बैठकको पहिलो दिन विहिवार अध्यक्ष केपी शर्मा ओलीले अध्यक्षको प्रतिवेदन पेश गर्नका साथै भुटानी शरणार्थी प्रकरण, अर्थतन्त्र, पछिल्ला समसामयिक राजनीतिक परिवेशको बारेमा ब्रिफिङ गरेको एमाले उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए । सम्बोधनको क्रममा अर्थतन्त्र उकास्ने विषयमा सरकारको कुनै तयारी नभएको चर्चा गरेको उनको भनाइ छ ।

यस्तै, बैठकमा केन्द्रीय सल्लाहकार परिषद्को अध्यक्ष आफ्नो सुझाव सल्लाह पेश गरेको बताए । अनुशान आयोगका अध्यक्ष केशव बडालले पार्टीभित्रको अनुशासनको स्थितिबारे, पार्टीको लेखा परिषद्को अध्यक्ष डा. पुष्प कँडेलले पार्टी आर्थिक प्रणालीको बारे र केन्द्रीय निर्वाचन आयोगको अध्यक्ष विजय सुब्बाले निर्वाचनको सम्बन्धमा बैठकलाई जानकारी गराएको बताए ।

यस्तै, मिसन ग्रासरुट अभियानको समीक्षाअन्तर्गत सुदूरपश्चिमका संयोजक लेखराज भट्टले, कर्णालीको सचिव योगेश भट्टराईले, कोशी प्रदेशको राजेन्द्र गौतमले रिपोर्ट प्रस्तुत गरेको बताए । अन्य प्रदेशको भोलिको बैठकमा पेश गरिने गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->