मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

वैज्ञानिक प्रसाईंले भित्र्याइन् पानी जाँच्ने उपकरण

वैज्ञानिक प्रसाईंले भित्र्याइन् पानी जाँच्ने उपकरण


  • ढोरपाटन संवाददाता
  • बैशाख २८ २०८०, बिहिबार

काठमाडौं / पानीको शुद्धीकरणमा अनुसन्धान गरिरहेकी वैज्ञानिक टिष्टा प्रसाईं जोशीले पानी जाँच्ने उपकरण भित्र्याएकी छन्। वैज्ञानिक प्रसाईंले पानीमा रहेका विभिन्न कण तथा पदार्थ पत्ता लगाउन प्रयोग गरिने यूभी-भीआइएस स्पेक्ट्रोफोटोमिटर भित्र्याएकी हुन्।

जापानबाट ल्याइएको यो उपकरण नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (नास्ट) मा जडान गरिएको छ। संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) अन्तर्गतको ‘अर्गनाइजेशन फर ओमन इन साइन्स फर द डेभलपङि वर्ल्ड (ओडब्लुएसडी)’ को ‘अर्लि करिअर फेलोशिप’बाट प्राप्त रकमले यो उपकरण ल्याइएको हो।

उनले सन् २०१९ मा ओडब्लुएसडी फेलोशिप मार्फत ५० हजार अमेरिकी डलर पाएकी थिइन्। जापानबाट आठ हजार आठ सय डलरमा उपकरण खरीद गरिएको उनले बताइन्। ‘फेलोशिप अन्तर्गत विभिन्न सम्मेलनमा जानलाई पनि रकम छुट्याइएको हुन्छ।

सम्मेलनमा जाँदा व्यक्तिगत रुपमा फाइँदा त हुन्थ्यो, तर म सम्मेलनमा गइनँ। त्यसरी जोगिएको पैसाबाट यो उपकरण खरीद गर्न सजिलो भयो,’ उनले भनिन्।

यसले आफूलाई मात्रै नभई अनुसन्धानकर्ता तथा शोध अध्ययन गरिरहेका विद्यार्थीलाई समेत सहयोग पुग्ने उनले बताइन्। यसअघि उनले अनुसन्धानकै क्रममा ‘नानोपार्टिकल एनालाइजर इक्युपमेन्ट-जेटा पोटेन्सियल’ भित्राएकी थिइन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->