बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

गुडिरहेको बसमा आगलागी, कसरी भयो यस्तो ?

गुडिरहेको बसमा आगलागी, कसरी भयो यस्तो ?


  • ढोरपाटन संवाददाता
  • बैशाख ३० २०८०, शनिबार

पोखरा / धादिङको धुनिबेसी-९ गणेशस्थानमा गुडिरहेको बसमा आगलागी भएको छ । नीलकण्ठ नगरपालिका-१ पात्लेबाट काठमाडौं जाँदै गरेको ग १ ख ४८४६ नम्बरको बसमा एक्कासि आगो लागेको हो ।

बसको इन्जिनबाट धुँवा निसक्नेबित्तिकै सबै यात्रुलाई बाहिर निकालेकाले मानवीय क्षति हुन नपाएको धादिङ प्रहरीले जनाएको छ । उक्त बसमा ३३ यात्रु सवार रहेको र सबै सकुशल रहेको प्रहरीले जनाएको छ ।

बसमा लागेको आगो राजमार्ग क्षेत्रमा रहेको दमकल र स्थानीयवासीले नियन्त्रणमा लिएका छन् । आगलागीबाट बसका सबै सिट जलेर नष्ट भएका छन् भने अगाडि र झ्यालका सबै सिसामा पूर्णरुपले क्षति पुगेको छ ।

विद्युत सट भइ बसमा आगो लागेको प्रहरीको अनुमान छ । प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएपछि केहीबेर अवरुद्ध बनेको सडक सञ्चालनमा आइसकेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->