शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

अर्मलाकोटमा घुमन्तेहरु

अर्मलाकोटमा घुमन्तेहरु


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २ २०८०, मंगलबार

पोखरा/ हाइकर्स क्लब नेपालले आफ्नो ३४ औं श्रृंखला अर्मलाकोट सामुदायिक होमस्टेमा सम्पन्न गरेको छ । पोखरा आसपासका ग्रामिण भेगहरुमा रहेका होमस्टेहरुलाई हाइकिङका माध्यमले प्रवद्र्धन गर्दै आएको सो क्लबका ३६ जना सदस्यहरुलाई होेमस्टे अध्यक्ष वविता गुरुङ, आमा समूह अध्यक्ष झलश्री गुरुङलगायतले गाउँमा स्वागत गरेका थिए ।

क्लबका सदस्य तथा टे«किङ गाइड सुन्दर त्रिपाठीले पहिलो पटक हाइकिङमा सहभागीहरुलाई पदायात्राका क्रममा आउन सक्ने स्वास्थ्य तथा अन्य समस्याका वारेमा वताउर्दै समाधानका उपायका बारेमा बताएका थिए ।क्लबका उपाध्यक्ष ज्योति हमाल, कानुनी सल्लाहकार अधिवक्ता मनोज घर्तिमगर क्लबले आगामि दिनहरुमा हाइकिङका सथै सामाजिक कार्य पनि गर्नुपर्ने भनाई राखेका थिए । क्लबका आइटी संयोजक वेवपेज नेपालका प्रवन्ध निर्देशन पितम सेन ठकुरीले हाइकिङमा सहभागी हुन अनलाइन फर्म अनिवार्य गराउनु पर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->