शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

पोखराका पाँच वटा पेट्रोलपम्पमा अनुगमन

पोखराका पाँच वटा पेट्रोलपम्पमा अनुगमन


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ३ २०८०, बुधबार

पोखरा/ पोखरा महानगरपालिकाले यहाँका पेट्रोल पम्पको अनुगमन गरेको छ । उपप्रमुख मञ्जुदेवी गुरुङको नेतृत्वमा हेमजा, मालेपाटन, जरेबर र विरौटामा सञ्चालित ५ वटा पेट्रोल पम्पमा अनुगमन गरिएको हो । अनुगमनमा पेट्रोल पम्पहरु परिणाम र गुणस्तरमा भने ठीकठाक भेटिएको उपमेयर गुरुङले बताएकी छन् ।

उनका अनुसार हेमजाको जयबुद्ध, सिम्पानीको पराजुली, मालेपाटनको सशस्त्र प्रहरी बलको कालिका, मासबारको बराल र विरौटाको अन्नपूर्ण आयल डिष्ट्रिब्युटर्समा अनुगमन गरिएको हो ।अनुगमनमा जिल्ला प्रशासन कार्यालय, नेपाल गुणस्तर तथा नापतौल विभाग र नेपाल आयल निगमका समेत सहभागि थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->