पोखरा/ पछिल्लो समयमा आन्तरिक तथा बाह्य उडानका लागि विभिन्न हवाई कम्नीले क्याभिन क्रु (एयर होस्टेज) को माग बढाइरहेको छ । हवाई कम्पनीहरुले दक्ष जनशक्ति खोजिरहँदा समेत एयर होस्टेजको कमी भएको एयरलाइन्स फ्लाइट एटेन्डेन्ट एकेडेमीका प्रबन्ध निर्देशक शोभा केसीले जानकारी दिईन् ।
पोखरामा एक दशक अघिदेखी एयर होस्टेजको अभ्यास कक्षा संचालन गर्दै आएको एकेडेमीले पछिल्लो समय दक्ष जनशक्ति माग हुँदै आएपनि पोखरामा भने त्यसको अभाव भएको बताइन् । उनले हवाई कम्पनीको मागलाई मध्यनजर गर्दै हाल कक्षा १२ का विद्यार्थी लक्षित गर्दै नयाँ कक्षा संचालनमा ल्याएको समेत जानकारी दिइन् । ‘अहिले हवाई कम्पनीहरुले दक्ष जनशक्ति मागिरहेका छन् । छोटो समयमा कर्मचारीको माग गरिरहेका छन्,’ उनले भनिन्, ‘त्यो मागलाई समेत मध्यनजर गरी अहिले कक्षा १२ का विद्यार्थीलाई लक्षित हामीले कक्षा संचालन गरिरहेका छौं ।’
उनका अनुसार कोहीपनि अंग्रेजी र गणित जान्ने विद्यार्थीले सोझै कर्मचारीको लागि फारम भर्न सक्नेछन् । एयर होस्टेज बन्नेका लागि सहजता स्वरुप आफूहरुले कक्षा संचालन गरेपनि कक्षा नलिएपनि आवश्यक मापदण्ड पुरा भएमा जोकोहीले पनि अवसर लिन सक्ने बताइन् । एकेडेमीले क्याभिन क्रु (एयर होस्टेज) तर्फ पाँच महिनाको कोर्षको ७० हजार रुपैयाँ र ग्राउन्ड ह्यान्डलिङतर्फ तीन महिनाको ३० हजार रुपैयाँमा कक्षा संचालन गरिरहेको छ ।





