काठमाडौं / वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रका नवनियुक्त प्रमुख कार्यकारी निर्देशक नवराज ढकालको सम्मानमा नेपाल सौर्य विधुत उत्पादक संघ (SEMAN) ले विहिवार बधाई तथा शुभकामना कार्यक्रम समपन्न गर्यो ।
संघको सचिवालयमा आयोजना गरिएको कार्यक्रममा संघका अध्यक्ष प्रकाशविक्रम वस्नेतले कार्यकारी निर्देशक ढकालले विगत २० बर्षदेखि वैकल्पिक उर्जाको क्षेत्रमा गर्नु भएको योगदानको लागि सम्मान गर्दै वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रको कार्यकारी निर्देशक हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गरे । अध्यक्ष बस्नेतले कार्यकारी निर्देशक ढकालबाट सौर्य उर्जाको क्षेत्रमा थप परिणाममुखी कामको अपेक्षा राखे ।
सो अवसरमा कार्यकारी निर्देशक ढकालले संघको कार्यालय आफ्नै घर जस्तै लाग्ने उल्लेख गर्दै वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र र संघले हरेक काम गर्दा सहकार्य गर्दै अगाडि बढ्न सकेमा परिणाम दिन सकिने वताए । सौर्य उर्जाको क्षेत्रमा प्राप्त उपलब्धी नीजि क्षेत्रसंगको सहकार्यबाट सम्भव भएको वताउदैै चूनौतीलाई सामना गर्दै अगाडि बढ्नुको विकल्प नरहेको उल्लेख गरे ।
कार्यकारी निर्देशक ढकालले नीजि क्षेत्रले सौर्य उर्जाका उपभोक्तालाई दिने सेवा गुणस्तरीय र वैकल्पिक उर्जाको मापदण्ड अनुसारको हुनुपर्नेमा जोड दिए । विक्रीपछिको सेवावाट यसप्रति आकर्षण थप बढ्ने वताउदै सिमित श्रोत र साधनबाट परिणाम दिनुपर्ने अवस्थामा आफुले जिम्मेवारी पाएकोले नीजि क्षेत्रको सहयोगको अपेक्षा गरे ।
स्थानीय र प्रदेश सरकारसंग पनि सहकार्य र समन्वय गर्दै अगाडि बढ्न आग्रह गर्दै कार्यकारी निर्देशक ढकालले च्यालेन्ज फन्डलाई उपयोग गर्न आग्रह गरे । वैकल्पिक उर्जाको क्षेत्रमा काम गर्दा सिमन र केन्द्रको स्प्रिड एउटै भएकाले श्रोत र साधन जुटाउन आफु लागिरहने वताए ।
काम र कार्यशैलीको वारेमा चर्चा गर्दै उनले सम्पादन भएका राम्रो कामको वारेमा अरुलाई भन्न र नराम्रो लागेका कुरा आफुलाई भन्न आग्रह गरे । संघको क्षमता अभिवृद्धी लगायतका कार्यमा केन्द्रको सहयोग रहने उल्लेख गर्दै कार्यकारी निर्देशक ढकालले संघले वुझाएको अनुरोध पत्रमा आफु सकारात्मक रहेको र इमान्दारीका साथ काम गर्ने वताए ।
कार्यक्रममा संघका संरक्षक राम वहादुर भण्डारी, संल्लाहकार संयोजक किरण गौतम, सदस्य सिंहराज घले, निवर्तमान अध्यक्ष इन्द्र खनालले संघले गरेका कार्य र सौर्य उर्जाको क्षेत्रमा अव गर्नुपर्ने कामका वारेमा वताए । उनीहरुले मिस्क इनर्र्जीको वारेमा राज्यलाई दायित्ववोध गराउनुपर्नेमा जोड दिए । कार्यक्रमको सञ्चालन संघका महासचिव ओम केसीले गरेका थिए ।
के के छन् कार्यकारी निर्देशक ढकाललाई संघले बुझाएको अनुरोध पत्रमा ? पूर्णपाठ:
श्री कार्यकारी निर्देशक ज्यू,
बैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र
मध्य बानेश्वर, काठमाडौं ।
महोदय,
नेपाल सरकार मन्त्री परिषदको निर्णयबाट उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गत रहेको बैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रको जिम्मेवारी सम्हाल्न गरिमामय कार्यकारी निर्देशक पदमा नियुक्त हुनु भएको अवसरमा नवनियुक्त कार्यकारी निर्देशक श्री नवराज ढकाल ज्युलाई यस नेपाल सौर्य विद्युत उत्पादक संघ (SEMAN) को तर्फबाट हार्दिक बधाइ ज्ञापन गर्दछौं । साथै, गरिमामय नियुक्तिले यहाँको कार्यकालमा समग्र उर्जा क्षेत्रमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गर्दै यहाँको सफल कार्यकालको लागी हार्दिक शुभकामना ब्यक्त गर्दछौँ । यहाँको कार्यकालमा बैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र र SEMAN एउटा परिवार, एक रथका दुई पांग्रा जसरी समग्र उर्जा क्षेत्रको विकास र प्रवद्र्धनको लागी हातमा हात, काँधमा काँध मिलाएर अगाडि बढ्न हामी तयार छौं र केन्द्रबाट पनि यस्तै सहयोगको अपेक्षा गर्दछौं । यसै अवसरमा नविकरणीय उर्जा अन्तर्गत सौर्य उर्जाको क्षेत्रमा भएको उल्लेख्य उपलब्धिहरुका बावजुद यस सेक्टरका केही चूनौती/समस्याहरु तथा त्यसको समाधानार्थ सुधारका लागी SEMAN स्वयंले तथा सम्बन्धित निकायमार्फत निम्नानुसारको पहलको अपेक्षा संघले गरेको पनि अवगत गराउन चाहन्छु ।
– सोलार होम सिस्टमको नियमित कार्यक्रम अन्तर्गत आ.ब.०८०/०८१ को लागि वार्षिक कम्तिमा २५००० वटा प्रणालीहरुकोे कोटा ब्यवस्था गरिदिनुहुन साथै, आ.व. ०७९/०८० को आषाढ मसान्तसम्म थप ८००० घरेलु सौर्य उर्जा प्रणालीका आवेदन फारामहरु पेश गर्ने ब्यवस्था गरिदिनुहुन बिनम्र अनुरोध गर्दछौ ।
– उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयका बिभागिय सहसचिवको संयोजकत्वमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक श्री कूलमान घिसिङ र बैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रका तत्कालिन कार्यकारी निर्देशक श्री मधुसुदन अधिकारी सदस्य रहेका समितिले निकालेका अन्तिम विधुतिकरण गर्न बाँकी रहेका स्थानिय तह र घरधुरी सहितको प्रतिवेदनलाई कार्यान्वयन गर्नको लागि पहिलो चरणमा कम्तिमा ५०००० घरधूरीमा कम्तिमा १५० वाटको घरेलु सौर्य विधुत प्रणाली जडानको ब्यवस्था कार्यान्वयन गर्नका लागि आवश्यक बजेट बिनियोजनको लागि सम्बन्धित मन्त्रलयमा पहल गरिदिनुहुन अनुरोध गर्दछौ ।

– संस्थागत सौर्य उर्जा प्रणाली (विद्यालय, स्वास्थ्य संस्था, पालिका, वडामा) मा कम्प्यूटर तथा आधारभूत विधुतिय उपकरण सञ्चालनको लागि विधुत आपूर्ति गर्न आव ०८०/०८१ को लागि कम्तिमा १००० वटा प्रणालीहरु जडानको लागि बजेट बिनियोजनको लागि सम्बन्धित मन्त्रलयमा पहल गरिदिनुहुन बिनम्र अनुरोध गर्दछौ ।
– नेपाल सरकारको निति, ‘नदीमाथीका गरा संधै हराभरा’ भन्ने नारा साकार पार्न तराई, पहाडका सिंचाई नपुगेका खेतियोग्य जमिनमा सिंचाई गरी उत्पादन बृद्धि गर्न माग संकलन गरी कृषि फर्म, कृषक समुह र ब्यक्तिगत कृषकको लागि आ.व. ०८०/०८१ मा कम्तिमा १५०० वटा सौर्य सिंचाई प्रणालीहरुको लागि बजेट बिनियोजनको लागि सम्बन्धित मन्त्रलयमा पहल गरिदिनुहुन बिनम्र अनुरोध गर्दछौ ।
– छिटो छरितो रुपमा विधुत उत्पादन गरी केन्द्रिय प्रशारण लाइनमा जडान गर्ने रुफटप (ब्यक्तिगत घरधुरी, संघसंस्था, उद्योगहरुको छतमा सोलार राखी विधुत उत्पादन गर्ने) निति लाई कार्यान्वयन गर्न PPA गरी Grid मा जोड्ने कार्य थप सहज बनाउन सम्बन्धित निकायसंग समन्वय गरिदिनहुन अनुरोध गर्दछौ । यसले Mix Energy को अवधारणा कार्यान्वयनको लागि सहयोग गर्नेछ ।
– Mini Grid अन्तर्गगत विद्युतको पहुँच नपुगेका घनाबस्तिहरुमा भरपर्र्दाे विधुत उत्पादन गरी वितरण गर्न आवश्यक बजेट बिनियोजनको लागि सम्बन्धित मन्त्रलयमा पहल गरिदिनुहुन बिनम्र अनूरोध गर्दछौ ।
– ISPS/Irrigation/SHS लगायत मागमा आधारित सम्पूर्ण Technology हरुको Retention (धरौटी) बापतको रकम Release गर्न कार्यविधि-२०७९ लाई यथाशिघ्र लागु गरिदिनुहुन विनम्र अनुरोध गर्दछौं ।
– जडान सम्पन्न भई भुक्तानी समेत भैसकेको ISPS तथा Irrigation को Project हरु सञ्चालनको बेला बिभिन्न कारणबाट भएको भौतिक क्षतीको स्वयं संस्थानै जिम्मेवार हुने ब्यवस्था मिलाउन आवश्यक प्रक्रिया अगाडि बढाउन अनुरोध गर्दछौँ । उक्त सिस्टम पुन सुचारु गर्न आवश्यक पर्ने रकम सम्बन्धित संस्था वा बैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रले नै बजेट Allocateभ गर्ने ब्यवस्था मिलाउनुहुन बिनम्र अनुरोध गर्दछौंं ।
– देशमा नविकरणीय उर्जा क्षेत्रको दिगो विकास, प्रवर्द्धन र स्थायित्वको लागि नेपाल सौर्य विधुत उत्पादक संघको भवन बनाउने कार्य अगाडि बढाइएकोे र भवन निर्माणको चरणमा रहेकोले उक्त भवन निर्माणको लागि केही रकम नपुग हुने भएकोले नविकरणीय उर्जा क्षेत्रको विकास र प्रवद्र्धनको लागि देशकै नमुनाको रुपमा उक्त भवनको निर्माण र Demonstration/Lab/Traiining Equipment आदि Set up गर्नको लागि संघले केन्द्रबाट आर्थिक सहयोगको अपेक्षा गरेको र हामीले गरेको उक्त सामुहिक अपेक्षा सार्थक बनाउन केन्द्रबाट आवश्यक आर्थिक सहयोगको लागि बिनम्र अनुरोध गर्दछौं ।
– वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रको बार्षिक कार्यक्रम यथासक्य चाडो आ.ब.को 2nd Quarter सम्म website मा प्रकाशित गरी 3rd Quarter सम्ममा सपन्न हुने गर कार्यान्वयन गर्ने ब्यवस्था मिलाउन अनुरोध गर्दछौं ।
– नविकरणीय उर्जाको अवधारणा, महत्व र प्रवर्द्धनका सम्बन्धमा अझै पनि जनमानस र सरकारी तहमै प्रष्ट एवं बृहतरुपमा जानकारी तथा आत्मसाथ/दृढ बिश्वास गर्न सक्ने अवस्थाको कमी भएकोले सरकारी र निजी क्षेत्रका प्रतिनिधिमुलक संघ संस्थाहरुबाट समेत ब्यपाक प्रचार प्रसार र प्रवद्र्धनात्मक कार्यहरु गरिदिनुपर्ने अवस्था, जस्तै सरकारी तहबाट नितिगत रुपमै स्वेच्छिक र सहज रुपमा नेट÷स्मार्ट मिटरिङ्ग जडान गर्ने/गरिदिने सुविधाको प्रचार प्रसारको लागि आवश्यक पहल गरिदिनुहुन बिनम्र अनुरोध गर्दछौ ।
– नविकरणीय सौर्य उर्जामा प्रयोग हुने बस्तुको आयातमा लाग्ने भन्सार दरले नविकरणीय सौर्य उर्जाका प्रविधी तथा यन्त्र उपकरण, पार्टपुर्जा महंगो पर्न जाने भएकोले नविकरणीय सौर्य उर्जाको प्रयोगमा हुने आयातमा शुन्य भन्सार र नविकरणीय हरित उर्जा प्रयोग गर्नेहरुलाई कार्यविधि ल्याई थप नगद प्रोत्साहनको ब्यवस्था गर्नु बाञ्छनिय हुने भएकाले सोको व्यवस्थाका लागि आवश्यक पहलकद्मी लिनुहुन अनुरोध छ ।
– यथेष्ट स्रोत साधन, प्रविधि, अनुसन्धान, अनुभवको कमी, सरकारी लगानी न्यून भएकोले समय सापेक्ष अध्ययन, अनुसन्धान, तालिम, अवालोकन गरी स्थानीय नेपाली बजारको आवश्यकता र जनजीवन सुहाउदो प्रविधीको प्रयोगलाई बढवा दिनुपर्ने आवश्यक छ । देश बिदेशमा प्रचलनमा रहेका नविनतम प्रविधिहरुको अवलोकन, प्रदर्शनीमा सहभागीताको ब्यवस्था र अन्य देशमा धेरै पहिलेनै प्रयोगमा आइसकेको नेट मिटरिङ्ग प्रणाली अन्तर्रगत देशमा तुरुन्त स्मार्ट मिटर जडान गर्ने प्रक्रिया सुचारु गरी महिनावारी रुपमै रकम हिसाब मिलान (लिने वा दिने) गर्न नेपाल विधुत प्राधिकरणसंग सहजिकरण गरिदिनुहुन बिनम्र अनुरोध गर्दछौं ।
प्रकाश बिक्रम बस्नेत
अध्यक्ष
नेपाल सौर्य विद्युध उत्पादक संघ
२०८०/२/४





