मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

उड्नै लागेको बुद्ध एयरमा यात्रुले मुसा देखेपछि के भयो ?

उड्नै लागेको बुद्ध एयरमा यात्रुले मुसा देखेपछि के भयो ?


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ६ २०८०, शनिबार

जनकपुरधाम / जनकपुरधाम विमानस्थलबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको विमानमा मुसा भेटिएको छ ।

४९ जना यात्रु बोकेर आज बिहान काठमाडौं उड्न लागेकै वेला बुद्ध एयरको विमानमा मुसा भेटिएको हो । विमानमा मुसा भेटिएपछि उडान रद्ध गरिएको छ ।

विमानमा यात्रुले मुसा देखेपछि विमान होल्ड गरिएको बुद्ध एयरका कर्मचारी सन्दीप लामाले जानकारी दिए ।

उनका अनुसार प्राविधिक जाँचका लागि केही बेर विमान होल्ड गरिएको छ । अब परीक्षणपछि मात्रै सो विमानबाट उडान हुनेछ । विमान होल्डपछि यात्रुहरु अलपत्र परेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->