शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

तमकुमारीलाई ओम शान्तिको सहयोग

तमकुमारीलाई ओम शान्तिको सहयोग


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १० २०८०, बुधबार

पोखरा/ उपचार खर्चको अभावमा गण्डकी मेडिकल कलेजको सर्जिकल वाडमा छटपटाइरहेकी तमकुमारीलाई पोखरा आध्यात्मिक तथा सीप विकास केन्द्र पोखराले १५ हजार नगद सहयोग स्वरूप हस्तान्तरण गरेको छ ।

तमकुमारीका पति विकल रोकामगरलाई ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय ओम शान्तिको संरक्षित संस्था पोखरा आध्यात्मिक तथा सिप विकास केन्द्रका अध्यक्ष ब्रह्मकुमार मनिराज पोखरेलले अस्पतालमा पुगेर सो रकम हस्तान्तरण गरेका हुन् ।

खेतीपाती र घरगृहस्थी चलाइरहेकी २२ वर्षकी तमकुमारी गत बैशाख २६ गते मङ्गलबार घाँस काट्न जाँदा भीरबाट लडेर गम्भीर घाइते भएकी हुन् । तमकुमारी रोका मगर म्याग्दीको मालिका गाउँपालिका वडा नं. ३ पात्लेकी रैथाने वासिन्दा हुन् । पोखरामा उपचाररत तमकुमारीका ८ महिनाकी छोरी र ४ वर्षका छोरा अहिले गाउँमै छन् ।

पति विकल रोकामगरले उपचारको लागि २५ हजार जोहो गरेका थिए । एम्बुलेन्समा पोखरा ल्याउँदा १२ हजार सकियो । आमा चन्द्रकली पुनमगरले ३० हजार ऋण खोजेर छोरीको उपचारमा पहल गरिन । परिवारसँग भएको रकम सकिएपछि थप उपचारका लागि भौतारिएका विकललाई साथ दिइरहेकी छन्, सामाजिक अभियन्ता तथा आफन्ती भीमसरा घर्तीमगरले । भीमसराको पहलमा स्थानीय व्यक्ति, संघसंस्था, मालिका गाउँपालिकाको कार्यालय र कतारमा रहेका नेपालीले सहयोग गर्दा ३ लाख ७ हजार २ सय ५ सङ्कलन भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->