शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

एसओएस गण्डकीमा वार्षिक पुरस्कार वितरण

एसओएस गण्डकीमा वार्षिक पुरस्कार वितरण


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १४ २०८०, आइतबार

पोखरा/पोखरास्थित एसओएस हरमन माइनर स्कुल गण्डकीमा वार्षिक शैक्षिक पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा शैक्षिक सत्र–२०७९ मा उत्कृष्टता हासिल गर्ने प्रत्येक कक्षाका विद्यार्थीलाई विषयगत रूपमा पुरस्कार वितरण गरिएको थियो ।

विषयगत उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरूलाई गण्डकी प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटा, एसओएस बालग्राम गण्डकीका परियोजना निर्देशक प्रदीपभक्त आचार्य तथा विद्यालयका प्रअ चूडामणि सुवेदीले पुरस्कार प्रदान गरे ।

सो अवसरमा एसओएस गण्डकीकी पूर्वशिक्षिका जया बरालद्वारा आफ्ना दिवंगत मातापिताको स्मृतिमा स्थापित ‘नगेन्द्रकुमारी–नारायण स्मृति प्रतिभा पुरस्कार’ पनि प्रदान गरिएको थियो । एसओएसका कक्षा ३, ४ र ५ मा क्रमागत सर्वाेत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई प्रदान गरिने २५ हजार रकम राशीको उक्त पुरस्कारबाट शैक्षिक सत्र–२०७९ मा कक्षा ६ का नसिब पौडेल पुरस्कृत भए ।

बालबालिकाहरूसँग तीन दशकसम्म सहकार्य गर्ने क्रममा प्राप्त भएको उत्प्रेरणाबाट अभिप्रेरित भएर आफूले स्व. मातापिताको नाममा पुरस्कार स्थापना गर्ने निर्णय गरेको अक्षयकोषकी संस्थापक एवम् संरक्षक बरालले बताइन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा. कृष्णचन्द्र देवकोटाले गण्डकी प्रदेशको नीति तथा योजनासम्बन्धी बजेट तर्जुमा गर्ने क्रममा एसओएसको आदर्श र उद्देश्यलाई सम्बोधन गर्ने गरी विगतका सहयोगलाई थप परिष्कृत गर्न आयोग प्रतिबद्ध रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->