मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

सरकारको निर्णयले फेवाताल अतिक्रमणमा प¥यो : सांसद बराल

सरकारको निर्णयले फेवाताल अतिक्रमणमा प¥यो : सांसद बराल

सिमसार पुर्ने सवारी नियन्त्रण लिदाँ अवरोध गर्ने ७ पक्राउ ।


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १५ २०८०, सोमबार

पोखरा/ शनिबार पोखरा महानगर पालिकाको टिम पोखराको पामेमा सिमसार क्षेत्र पुरिएको भन्ने सूचनाको आधारमा निरीक्षणका लागि पामे पुग्यो । धमाधम सिमसार पुर्ने कार्य चलिरहेको देखेपछि महानगरको उक्त टोलीले स्काभेटर र टिपर नियन्त्रणमा लिने प्रयास गर्यो ।

महानगरले रोकेपछि काम गरिरहेको निमार्ण कम्पनीका केही व्यक्तिले अराजक शैलीमा पामे जाने बाटो नजिक सडकमा माटो थुपारी महानगरको टिमलाई अवरोध गरे । त्यतिमात्र होइन् । महानग मेयरका प्रेस संयोजकमाथि त उनीहरु कुटँुला झै गरी जाइलागे । गाडी जलाउनेसम्मको धम्की दिँदै महानगरको टिमको खेदो खने ।

महानगर सिमसार भन्ने र उनीहरु आवास क्षेत्र भन्दै विवाद गर्न थाले । उनीहरुले सरकारी गाडी लगेको भन्दै विवाद सिर्जना गरेर घटनालाई मेड्ने सम्मको प्रयास गरे । उनीहरुलाई वैदाम प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले सार्वजानिक गरेको प्रेस विज्ञप्तीमा भनिएको छ, ‘पोखरा १८ स्थित सिमसार आवासिय क्षेत्रमा निर्माण कार्य भइरहेको छ भन्ने सूचनाको आधारमा पोखरा महानगरपालिकाको ग १ झ ३२० नम्बरको पिक अफ गाडी नगर प्रहरी सहित उक्त स्थानमा गई निर्माण कार्यमा प्रयोग भएको ग १ ख ८६८७ नम्बरको टिप्पर र लोड भएको माटोसहित नियन्त्रणमा लि खोज्दा स्थानीय र संलग्न व्यक्तिसमेतले महानगरको गाडीलाई नै नियन्त्रणमा लिन खोजी विवाद गरेको ।’ सोही विज्ञप्ति अनुसार टिपरसहित ७ जनालाई प्रहरीले पक्राउ गरी वडा प्रहरी कार्यालय बैदाममा राखेको छ ।

पछिल्लो समय फेवातालको पानीको स्रोतको रुपमा रहेको सिमसार क्षेत्र धमाधम पुर्ने काम पेचिलो बन्दै गएको छ । उक्त विषयमा शक्ति समूहले प्रधानमन्त्रीसम्मको शक्ति प्रयोग गर्ने प्रयास गरिरहेको छ ।
पेचिलो बनेको सिमसारको विषय गण्डकी प्रदेश सभामा समेत उठेको छ । गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले सिमसार र रामसार क्षेत्रमा टिपर र डोजर चल्दा फेवाताल अतिक्रमणको चपेटामा परेको बताएका छन् । उनले राज्यतर्फबाट नै भएका निर्णयले राज्य आफै चुक्न बाध्य भएको सुनाए । उनले फेवाताल र सिमसार, रामसारको क्षेत्रमा गम्भीर नभए यसले ठुलो क्षति निम्त्याउने समेत बताएका छन् ।

‘आज गण्डकी प्रदेशकै सूचकको रुपमा रहेको फेवाताल मानवीय अतिक्रमण वातावरणिय प्रदुषण र अहिले भरखरै रामसार र सिमसार क्षेत्रमा दिनदहाडै चलाइएको टिपर र डोजरहरुले फेवाताल रोइरहेको छ । सम्बन्धित निकायहरुको निर्णय गर्ने असक्षमताका कारणले गर्दा रामसार र सिमसार बनाइयो भन्ने एकथरिको आवाज छ र त्यो फेवाताल नै हो भन्ने अर्को थरिको आवाज छ,’ उनले भने,‘कार्यान्वयन गर्ने निकाय र उपभोग गर्ने व्यक्तिको बीचमा हाम्रा निकायले गरेको निर्णयले विवाद सिर्जना गरेको छ ।

फेवाताल कसैको व्यक्तिमात्र होइन् । त्यहाँ घर बनाउँदैमा मात्र संवृद्ध हुँदैन फेवाताल जोगिएमा मात्रै समृद्ध हुन्छ भन्नेतर्फ सम्बन्धित सरोकारवालाको गम्भिर ध्यानाकर्ष जान जरुरी छ । र, हाम्रो अविलम्बन गर्ने संघ, प्रदेश र स्थानीय तहमा समेत फेवाताल संरक्षणका लागि गम्भीर ध्यानाकर्षण होस् भन्ने चाहन्छु । ’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->