शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

वडा प्रहरी कार्यालय वगरमा प्रहरी परिचालन कक्ष

वडा प्रहरी कार्यालय वगरमा प्रहरी परिचालन कक्ष


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १८ २०८०, बिहिबार

पोखरा/ वडा प्रहरी कार्यालय वगर हाता भित्र प्रहरी परिचालन कक्ष निर्माण गरिएको छ । वडा प्रहरी कार्यालय वगर निर्माण तथा मर्मत संभार समितिले कार्यालय भित्र प्रहरी परिचालन कक्ष निर्माण सँगै महिला व्यारेकको मर्मत संभार गरेको हो ।

प्रहरी परिचालन कक्ष र महिला व्यारेकको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक अजय केसीले उद्घाटन गरे ।यसअघि निर्माण तथा मर्मत संभार समितिका अध्यक्ष पुरुषोत्तम श्रेष्ठको नेतृत्वमा प्रतिक्षालय, थुनुवा कक्ष मर्मत, प्रहरी व्यारेक, दुर्गा मन्दिर, ट्राफिक पोष्ट, महिला प्रहरीका लागि आवास गृह, चमेना गृह मर्मत, शौचालय निर्माण कार्य सम्पन्न भएको छ ।महिला व्यारेक मर्मत संभार र प्रहरी परिचालन कक्ष निर्माणमा २ लाख ४ हजार ५५१ रुपैयाँखर्च लागेको निर्माण तथा मर्मत संभार समितिका कोषाध्यक्ष चित्रबहादुर थापाले जानकारी दिए ।

पोखरा महानगरका वडा कार्यालय र स्थानियको सहयोगमा कक्ष निर्माण गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।निर्माण समितिका अध्यक्ष पुरुषोत्तम श्रेष्ठले वडा प्रहरी कार्यलय वगरका प्रमुख प्रहरी निरीक्षक शालिकराम तिमिल्सिनालाई हस्तान्तरण गरेका थिए ।

पोखरा महानगर पालिका वडा नं. २५ का वडा अध्यक्ष तथा पोखरा महानगरका प्रवत्ता मोतिलाल तिमिल्सिनासमाजमा शान्ति सुरक्षा कायम गर्नका लागि महानगर सधै सहकार्य गर्न तयार रहेको बताए ।
पोखरा महानगर पालिका वडा नं. १ का वडा अध्यक्ष सहारा प्रधानले प्रहरीका लागि चाहिने भौतिक संरचना व्यवस्थापन गर्नका लागि वडा सधै तयार रहेको बताए ।निर्माण तथा मर्मत संभार समितिका अध्यक्ष पुरुषोत्तम श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वडा प्रहरी कार्यालय बगरका प्रमुख प्रहरी निरिक्षक शालिकराम तिमिल्सिना कोषाध्यक्ष चित्रबहादुर थापा सदस्य विष्णुशंकर ख्वाउँजु प्रहरी जवान जुना विकले बोलेका थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->