पोखरा / पोखरामा २३ बर्षपछि सवैभन्दा बढि तापक्रम मापन गरिएको छ । पोखरामा शुक्रबार ३६ डिग्री तापक्रम मापन गरिएको हो । शुक्रवार अपराह्न ५.४५ बजेको समयमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा मापन गरिएको तापक्रम ३६ डिग्री भएको जल तथा मौसम विज्ञान कार्यालय पोखराले जनाएको छ ।
कार्यालय प्रमुख मिनकुमार अर्यालका अनुसार सन् १९९९ अप्रिल २८ मा हालसम्मकै बढी ३७.४ डिग्री सेल्सियस तापक्रम मापन भएको थियो । यही जुनमा ३३.८ डिग्री सेल्सियस तापक्रम मापन भएकोमा बिहीबार बढेर ३५.७ पुगेको थियो ।
अर्यालका अनुसार झन्डै एक सातादेखि पानी नपरेको पोखरमा आगामी बुधबार, बिहीबार बदली भइ वर्षा हुने संभावना छ । मनसुन सक्रिय नभए पनि स्थानीय वायुको प्रभावले वर्षा हुन पनि सक्ने उनले बताए । अत्यधिक गर्मीका कारण बजारमा सर्वसाधारणको चहलपहल घटेको छ ।





