पोखरा/ नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डरी पोखरामा सम्मानित भएकी छिन् । भारतिय महिला लिग (आईलिग) खेलेर नेपाल फर्किएकी भण्डारीलाई पोखराको मदरल्याण्ड मा.वि.ले सम्मान गरेको हो ।
सावित्राको टिम गोकुमल केरेला एफसी लिग च्याम्पियन समेत हो । फाइनलमा किकस्टार्टलाई ५–० ले हराउँदै उपाधिमा जितेको थियो ।
सावित्राले फाइनलमा १ गोल र २ एसिस्ट गरेकी थिइन् । सावित्रा २९ गोलसहित सर्वाधिक गोलकर्ता बनेकी थिइन् ।
भण्डरी नगदसहित सम्मानित भएकी हुन् । भण्डारीलाई पश्चिम पृतिना हेडक्वाटर विजयपुरका पृतनापति दिपककुमार बानियाँ, विद्यालयका निर्देशक डा त्रिभुन बराल, प्रिन्सिपल नारायण बराल, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दिननाथ बरालले नगद २५ हजार, सम्मानपत्र र दोसलाले सम्मानीत गरे । भण्डारी महिला फुटबलमा सफल खेलाडी र गण्डकीकै खेलाडी भएको कारणले सम्मान गरिएको प्रिन्सिपल नारायण बरालले जानकारी दिए ।
भण्डारीले आफ्नो फुटबल अभ्यासको कठोर सङ्घर्षमय अतीत सम्झँदै असम्भव केही नभएको र भविष्यको सम्भावना आफैँले खोज्नुपर्ने बताइन् । विद्यालयले गरेको सम्मानप्रति आभार व्यक्त गर्दै आफु खेलकुदमा लागि रहने बताइन् ।
मदरल्याण्ड विद्यालयको आयोजनामा शनिबार देखी भर्खरै एसईई दिएर नतिजाको पर्खाइमा रहेका विद्यार्थीलाई लक्षित गरी आयोजना गरेको प्रदेश स्तरीय फुटसल प्रतियोगिताको पश्चिम पृतिना हेडक्वाटर विजयपुरका पृतनापति दिपककुमार बानियाँले उद्घाटन गरे । बानियाँले रेफ्री फुटबल सघं कास्कीका अध्यक्ष सुशील केसीलाई बल हस्तान्तरण गरी प्रतियोगिताको उद्घाटन गरे ।
उनले विद्यालयले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा शैक्षिक एवम् सहकार्यकलाप अन्तर्गत ऐतिहासिक उपलब्धिहरू हासिल गरी राष्ट्रकै सर्वोत्कृष्ट विद्यालयका रूपमा स्थापित हुन सफल भएकामा प्रशंसा गरे । बानियाँले एसईई दिएर बसेका विद्यार्थीहरूको खाली समयको सदुपयोग गरेर विद्यालयले प्रदेश स्तरीय फुटसल प्रतियोगिता राखेकामा खुसी व्यक्त गरे ।
तीन दिनसम्म चल्ने प्रतियोगितामा गण्डकी प्रदेशभरिबाट ६६ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः नगद ३० हजार, २० हजार र १० हजारका साथ मेडल, सिल्ड र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
विद्यालयका निर्देशक त्रिभुवन शर्माको सभापतित्वमा सम्पन्न समुद्घाटन कार्यव्रmमको सञ्चालन विद्यालयका अङ्ग्रेजी विभागीय प्रमुख तथा करियर परामर्शदाता बामनकुमार घिमिरेले गरेका थिए ।





