पोखरा/वातावरण संरक्षणका लागि महा अभियानले पोखराको फेवातालमा सरसफाई अभियानलाई जारी राखेको छ ।
फेवाको सिरानतर्फ जलकुम्भी झार बढ्न थालेपछि महाअभियानले ताल सरसफाई अभियान सुरु गरेको हो । महाअभियानका अभियानकर्ता रामबहादुर पौडेलले वर्खाको समयमा फेवातालमा जलकुम्भी बढि नै आउने र त्यसलाई हटाउन अहिले नै सरसफाई अभियान थालेको बताए ।
‘अब फेवाताल फोहोर हुँदै जान्छ । यसलाई समयमै फाल्न सकियो भने फेवातालको सुन्दरता गुम्दैन’ उनले भने, ‘फेवाताल फोहोर भईरहेको छ । यसको सरसफाइर संरक्षण गर्नु सबैको दायित्व हो ।’
जलकुम्भी सफाई कार्यक्रममा प्रत्येक्ष सहभागी भई ऐक्यबद्धता जनाएकोमा महानगरका मेयर, कास्कीका प्रमुख जिल्ला अधिकारी, वडा अध्यक्षहरु, तीनवटै सुरक्षा निकाय, खपौंदी र भकुण्डेमा क्रियाशील संघसंस्थाहरु लगायतलाई धन्यवाद दिए । उक्त सरसफाई अभियानलाई निरन्तरता दिने उनको भनाइ छ ।








