शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

लेकसाइडमा लागुऔषधसहित विदेशी नागरिक पक्राउ

लेकसाइडमा लागुऔषधसहित विदेशी नागरिक पक्राउ


  • ढोरपाटन संवाददाता
  • असार ८ २०८०, शुक्रबार

पोखरा/ जिल्ला प्रहरी कार्यालय कास्कीले लागुऔषधसहित विदेशी नागरिकलाई पक्राउ गरेको छ । पोखरा लेकसाइडमा चेच रिपब्लिककी मार्टिना केरेना र विराटनगर महानगरपालिका १२ का २६ वर्षीय राज गौतमलाई बुधबार लागुऔषधसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए । उनका अनुसार शंकास्पद अस्वथामा फेला पारी शरीर तथा झोला खानतलासी गर्दा लाइसेर्जिक एसिड डाइथिलामाइड नामक लागुऔषध २६ पिस, एम्फेटामाईन ४ सय मिलिग्राम र मोबाइल दुई थान बरामद गरेको विकले जानकारी दिए । उनीहरु विरुद्ध लागुऔषध मुद्दामा पाँच दिन म्याद थप गरी थप अनुसन्धान गरिराखेको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->