बागलुङ/ मनाङको चामे गाउँपालिकाले झण्डै २४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउपालिकाले आगामि आर्थिक बर्षका लागि २३ करोड, ७१ लाख ५३ हजार सात सय रुपैयाँको बजेट ल्याएको हो ।
गाउँपालिका उपध्यक्ष मिङमार ढोमा लामाले गाउँसभामा बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै आगामि आर्थिक बर्षमा पूर्वाधार बिकास, बस्ति संरक्षण र अधुरा योजनाको निरन्तरता प्राथमिकतामा रहेको उल्लेख गरिन् । शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनलाई बजेट बिनियोजन गरेको गाउँपालिकाले बृक्षारोपण गर्ने कार्यक्रलाई प्राथमिकतामा राखेको छ ।
गाउँपालिकाले संघीय सरकारले बिभिन्न शिर्षकमा दिने अनुदान, प्रदेश सरकारले दिने अनुदानसहित नगद मौज्दात २ करोड ३८ लाख र आन्तरीक आय २६ लाख ५० हजार हुने अनुमान गरिएको छ ।




