मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

यौनहिंसामा मुछिए प्रहरी इन्सपेक्टर

यौनहिंसामा मुछिए प्रहरी इन्सपेक्टर

युवतीलाई भने : 'म तिम्रो फिगरको फ्यान हुँ'


  • ढोरपाटन संवाददाता
  • असार १९ २०८०, मंगलबार

पोखरा/ जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत प्रहरी निरीक्षक सुवास तिम्सिना गम्भीर यौनजन्य हिंसामा मुछिएका छन् ।

‘अब बोल्ने’ नामक ट्विटर एकाउण्टबाट प्रहरी मुख्यालयसहित केही संचारमाध्यमलाई मेन्सन गर्दै सार्वजनिक गरिएको ‘म्यासेज’का कारण उनी यो प्रकरणमा तानिएका हुन् । ट्विटरमार्फत् सार्वजनिक गरिएको इन्स्टाग्राम म्यासेज स्क्रीनसटमा प्रहरी निरीक्षक तिम्सिनालाई ती युवतीले यत्तिकै पल्टिरहेको भन्ने सन्देश पठाएको देखिन्छ ।

रातको ९ बजेर ५७ मिनेट जाँदा भएको संवादमा निरीक्षक तिम्सिना भन्छन्,‘ के तिमीलाई थाहा छ ? म तिम्रो शरीरको प्रशंसक रहेको’ बताउँछ्न । त्यसपछि उनले युवतीलाई शरीर (?) को तस्वीर पठाउन आग्रह गरेको बुझिन्छ । युवतीले ‘म यस्तो चाहन्नँ । म मेरो शरीरप्रति एकदमै संवेदनशील छु,इमान्दारीसाथ भनेको’ भन्ने उत्तर पठाउँछिन् । प्रहरी निरीक्षक रोकिँदैनन् । ‘प्लिज पठाउन, डियर प्लिज’ भन्ने सन्देश पठाउँछन् । युवतीबाट कस्तो तस्वीर पठाउने भन्ने प्रश्न आउँछ । निरीक्षक तिम्सिना भन्छन्,‘विश्वास गर, यो हामी दुईबीचको कुरा हो ।’ उनले घटनाको छानबिन गरिने बताए ।

युवतीबाट ‘नभेटेको मान्छेसँग अप्ठेरो लाग्छ के भन्ने सन्देश पठाउँछिन् । तिम्सिना पुनः आफूलाई विश्वास गर्न आग्रह गर्छन् र भिडियो संवादमा आउनसमेत आग्रह गर्छन् ।

सामाजिक सञ्जालमा प्रहरी निरीक्षकको यो संवाद अहिले ‘भाइरल’भएको छ । विभिन्न ग्रुपमा यसको स्क्रीनसट पठाउन थालिएको छ । घटना बाहिरिएपछि जिल्ला प्रहरी कार्यालय कास्कीले यहाँको डाँडाको नाकमा कार्यरत डिएसपी प्रकाश दाहालको नेतृत्वका नेतृत्वमा छानविन समिति गठन गरिएको कास्की प्रहरी प्रवक्ता डिएसपी श्रवणकुमार विकले जानकारी दिए । ‘हामीले पनि सामाजिक सञ्जालबाटै थाहा पाएका हौँ, छानविन समिति गठन भएको छ,’ प्रवक्ता विकले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->