बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

विन्दवासिनी दोहोरी साँझले दोहोरी गीत प्रतियोगिता गर्ने

विन्दवासिनी दोहोरी साँझले दोहोरी गीत प्रतियोगिता गर्ने


  • ढोरपाटन संवाददाता
  • असार २० २०८०, बुधबार

पोखरा/ विन्दवासिनी दोहोरी साँझले दोहोरी गीत प्रतियोगिताको आयोजना गर्न लागेको छ । पोखरा चिप्लेढुंगामा रहेको उक्त साँझले असार २२ गतेदेखी २६ गतेसम्म दोहोरी साँझ स्तरीय दोहोरी प्रतियोगिताको आयोजना गर्न लागेको हो ।

दोहोरी साँझको संचालनको तयारीअनुरुप उक्त प्रतियोगिताको आयोजना गरेको संचालक विरेन्द्र केसीले जानकारी दिए । उनका अनुसार दोहोरी साँझहरुबीच अन्तरसम्बन्ध बनाउने र दोहोरी गीतको प्रचार गर्ने योजना रहेको छ ।

प्रतियोगितामा दोहोरी साँझमै गाउने कलाकालरले मात्र सहभागिता जनाउन पाउने कार्यक्रम संयोजक सुमन खड्काले जानकारी दिए । प्रतियोगिता हेर्न आउने दर्शकलाई कुनै शुल्क नरहेको उनले बताए ।

प्रतियोगितामा एक पुरुष र एक महिला गायक मात्र हुनुपर्नेछ । प्रतियोगिताको प्रथमले नगद ३० हजार, दोस्रोले २०, तेस्रोले १० र सान्त्वना हुने टिमले पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यस्तै प्रतियोगितामा सहभागी हुने कलाकारले नेपाली पोशाक अनिवार्य रुपमा लगाउनुपर्नेछ । पाँच दिनसम्म चल्ने प्रतियोगिता दिउँसो तीन बजेदेखी साँझ सात बजेसम्म संचालन हुनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->