बागलुङ/ माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा १० को परीक्षामा बागलुङका चार विद्यालयका छ जना विद्यार्थीले सर्वोत्कृष्ट नतिजा हाँसिल गरेका छन् । राष्ट्रिय परीक्षा बोर्डले बिहिबार प्रकाशन गरेको नतिजा अनुसार जिल्लाका तीन सामुदायीक र एक संस्थागत विद्यालयका विद्यार्थीले ४ जीपिए अंक ल्याएका हुन् ।
सदरमुकाममा रहेको रुद्रेपीपल माध्यमिक विद्यालयका एक जना, चिल्ड्रेन लाईफ इङ्लिस बोर्डिङ स्कुलका दुई जना, गणेश माध्यमिक विद्यालय नारायणस्थानका दुईजना र भीमगिठे माध्यमिक विद्यालयका एक जना विद्यार्थीले चार जीपिए प्राप्त गरेका हुन् ।
सिम्बोल नंम्बरका आधारमा नतिजा जानकारी भए पनि उनीहरु को हुन भन्ने बिषय भने खोजीको बिषय भएको शिक्षा बिकास तथा समन्वय इकाई बागलुङका प्रमुख कुश्मराज उपाध्यायले बताए । जिल्लाभरका अन्य विद्यार्थीको नतिजा कस्तो रहयो भन्ने बिषयमा शुक्रबार जानकारी गराईने उनले बताए ।





